नयाँ सम्भावनाको खोजी गरौँ

पछिल्लो समय नेपाली खेलकुदमा सबैभन्दा प्रभाव जमाउ“दै आएका दुई खेलमै ठूलो धक्का लागेको छ । नेपालमा लोकप्रिय रहेको फुटबलको अन्तर्राष्ट्रिय क्षेत्रमा नकरात्मक प्रभाव बढ्दो छ । बढी उमेर समूहका खेलाडी खेलाएको आरोपमा कार्बाही, खेलाडीहरुले मिलोमतोको कारण मुद्दा खेपेको अबस्था र संघ अध्यक्ष गणेश थापा माथि सन् २००९ को फीफा निर्वाचन र सन् २०११ को एएफसी निर्वाचनमा आर्थिक फाइदा लिएको आरोपमा फीफाकै इथिक कमिटिबाट कार्बाही । यी सबै घटनाले नेपाली फुटबलको साख गराएको छ ।  यस अघि नै लगातार दुई दशक राष्ट्रिय टोलीले उपाधि नजिते पछि फुटबल नेतृत्व आलोचित बनेको थियो ।

अर्को खेल क्रिकेटको आरोह अबरोहको क्रम यत्तिमा सीमित रहेन । फुटबलले निरासा दिएको समयमा अर्को मास खेल क्रिकेटबाट धेरै नेपालीलाई आसावादी तुल्याएको थियो । त्यही क्रिकेट पनि पछिल्लो समयमा खराब अबस्थाबाट गुज्रीरहेको छ । भ्रस्टाचाको आरोप हु“दै राजनीतिक हस्तक्षेपले क्रिकेट प्रताडित बनेको छ । हाल रहेको नेतृत्वलाई राष्ट्रिय खेलकुद परिषद्ले विघटन गर्नेसम्मका हल्ला चलेको छ । यो घटनाले कुन मोड लिन्छ यसै भन्न सकिदैन । खेलको हकमा पछिल्लो एक बर्ष एकदमै खराब प्रदर्शन गर्दै आएको छ । हरेक नकरात्मक घटनाका पनि केही सकरात्मक पाटा छन् । विगतमा फुटबल र क्रिकेटको छाया“मा अन्य खेलका खेलाडी, प्रशिक्षक र अधिकारीले आफ्नो मिहेनत र परिश्रम छाया“मा परेको महसुश गरेका थिए । राजनीतिक नेतृत्व र सामाजिक नेतृत्वले आफ्नो योगदानलाई बेवास्ता गरेको गुनासो यत्रतत्र सुनीएको थियो । यी दुई खेलमा प्राप्त उपलब्धी भन्दा धेरै माथिल्लो उपलब्धीलाई नजरअन्दाज गर्ने गरेको आरोप खेल नेतृत्व माथि लाग्दै आएको थियो । आरोप कर्पोरेट क्षेत्र र अन्य सबै क्षेत्रको नेतृत्वलाई नलागेको होइन ।

यी दुखद घटनाले पनि खेलकुदमा चासो राख्ने सबै क्षेत्रका नेतृत्वका लागि नया“ पाठ बन्न सक्ने छ । हरेक खेलको आफ्नो महत्व हुन्छ र विज्ञान पनि । सबै क्षेत्र एकाध खेलका लागि ओर्लनु पक्कै जायज नहोला । नेतृत्वको आ“खा फराकिलो भए हरेकमा सम्भावना देख्न सकिन्छ । अव अली फराकिलो आ“खा बनाउ“दै हरेक सम्भावनाको खोजी गर्ने र सबैलाई संम्मान र समान अवसर दिन नेतृत्व तयार हुन्छ नै होला । किनकी यस बाहेक खेल नेतृत्वको सामु अर्को विकल्प पनि छैन । यदी खेल नेतृत्व र सामाजिक नेतृत्वले यो घटनाबाट पाठ सिक्दै नया“ बाटो खोज्न सक्यो भने त्यो पक्कै सुखद हुन सक्ने छ । नया“ बाटो विगतमाझैं मार्सल आर्ट हुन सक्ला । या भर्खरै नेपालका प्रवेश गरेका खेल हुन सक्छन् । अन्य पनि  हुन सक्छन् । भौगोलिक विविधता भएको नेपालका लागि पर्वतीय खेल होस् या व्यक्तिगत खेल सबैमा सम्भावना छन् । नेतृत्वले आफूलाई सुधार गर्दै समान अवसरको अबधारणाअनुसार नया सम्भावनाको खोजी गर्ने कि ।

प्रतिक्रिया