राष्ट्रिय खेलकुद परिषद्ले यसै साता राष्ट्रिय संघहरूको भेला राख्दै सुझाव माग्यो । धेरै संघ नेतृत्वले सातौ“ राष्ट्रिय खेलकुद स्थगन गर्दै भारतमा हुने १२ औ“ दक्षिण एसियाली खेलकुदमा सहभागिताको तयारी गर्न सुझाव दिए । नेपाली जनजीवनमा परेको समस्यास“गै अहिले खेल क्षेत्र पनि प्रभावित भएको छ । परिषद् नेतृत्व कुनै पनि हालतमा राष्ट्रिय खेलकुदको आयोजना गर्न चाहन्छ । ३ असोजमा संविधान जारी भएपछि नेपालीहरू खुसीमा थिए । यो खुसी लामो समय रहन सकेन । तत्काल नेपालको तराइ क्षेत्रको समस्या बढ्दै गयो । त्यो समस्या बढ्दै गएर नेपाली जनजीवन पनि प्रभावित भयो । निश्चय नै खेलकुद र राजनीति फरक हुन् । तर, जब देशको प्रतिनिधित्वको कुरा आउ“छ, त्यो समयमा देशको सम्पूर्ण समस्याभन्दा खेल माथि रहन सक्दैन ।
खेल नेतृत्वसामु पहिलो चुनौती भनेको राष्ट्रिय खेलकुदको व्याख्या नै हो । राष्ट्रिय खेलकुद विभिन्न खेलको महासंघीय स्वरूपअन्तर्गत हुने राष्ट्रिय च्याम्पियनसीपको समष्टिगत स्वरुप हो ? या महोत्सव हो ? खेल नेतृत्व आफैंमा अन्यौलमा रहेको छ । राष्ट्रिय च्याम्पियनसीपको समष्टिगत स्वरूप हो भने खेलको मर्यादा जोगाउन आवश्यक छ या छैन ? परिषद् आफै“ अन्यौलमा छ । यो एउटा महोत्सव हो भने नेतृत्वले बुझोस् संकटमा महोत्सव मनाइ“दैन । जहँ“सम्म दक्षिण एसियाली खेलकुदको तयारीको प्रसंग छ, त्यो अलि फरक ढंगले सोच्न जरुरी देखिएको छ । हरेक खेलको राष्ट्रिय टोलीका खेलाडी हरेक समय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न तयार रहनुपर्छ । चाहे प्रतियोगिता होस् या नहोस् आफ्ना खेलाडीलाई तयारी अवस्थामा राख्नु नेतृत्वको दायित्व हो । दक्षिण एसियाली खेलकुद भए पनि नभए पनि नेपालका खेलाडी तयार रहनै पर्छ यो एउटा पाटो हो ।
साफमा नेपालको सहभागिताबारे अहिले गम्भीर रूपमा सोच्नुपर्छ । आयोजक भारत र नेपालको सम्बन्ध चिसिएको छ । यो चिसिएको सम्बन्ध सुधार नभएसम्म नेपालको सहभागिताको अर्थ रहन्छ कि रह“दैन ? बृहद अन्तर्राष्ट्रिय खेल महोत्सवको आफ्नो मर्यादा रहन्छन् । त्यस्ता प्रतियोगितामा सामान्य सम्बन्धलाई सुमधुर बनाउने र भातृत्वको विकास गर्न आयोजना र सहभागी हुने हो । देशको यावत समस्या जहा“को त्यहीं रहेको अवस्थामा नेपालको सहभागिता अहिले सोचनीय विषय हो । संसारमा बिग्रिएका सम्बन्ध सुधार गर्ने दुई चरण रहेका छन् । कुटनीतिक तबरले सम्बन्ध सामान्य बनाइन्छ । सामान्य सम्बन्धलाई दरिलो भातृत्वमा परिणत गर्ने काम बृहद खेल महोत्सबको हो । सम्बन्ध सामान्य नबनाई दरिलो नबनाई चालिने कदम संसारमा कतै पनि देखिएको छैन । सन् १९८४ मा काठमाडौंमा सुरु भएको दक्षिण एसियाली खेल महोत्सवले ११ औ“ सस्करण मात्र पूरा गरेको छ । यसको कारण प्रष्ट छ, कुनै समय आयोजक देशको अवस्था असामान्य रह्यो । कुनै समय सार्क राष्ट्रबीचको सम्बन्ध असामान्य रह्यो । नेपाल र भारतबीचको सम्बन्ध सामान्य नभई चेन्नाइ साफमा नेपालको सहभागिता हुन सक्छ कि सक्दैन ? जनजीवनभन्दा खेल महोत्सव कहिल्यै ठूलो हुन सक्दैन । सरकार सचेत बनोस् ।
प्रतिक्रिया