खेलमर्म नमान्दाको परिणाम

नेपाली फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, फुटबल प्रशिक्षक अन्जन केसी, फुटबल खेलाडी विकास सिंह क्षेत्री र फुटबल खेलाडी रितेस थापा म्याच फिक्सिङ अभियोगमा प्रहरी हिरासतमा छन् । यो प्रकरण अझ लम्बिन सक्नेछ । बजारमा यसैको चर्चा छ । नेपाली खेलकुदमा बढ्दै गएको अनुशासहीनता र गैरजिम्मेवारीपनको यो पराकाष्ठा हो ।

छानबिन चल्दै गएको समयमा यो प्रसंगको बारे धेरै उल्लेख गर्न आवश्यक नरहला । तथापि, नेपाली खेलकुदमा नया“ ढंगले सोच्नै पर्ने केही कुरा देखिएका छन् । नेपाली खेलकुदमा सबैभन्दा आर्थिक तेजी र समृद्धी भएको फुटबलमा यो घटना देखिएको छ । यसैले प्रस्ट पारेको छ घटनाको कारण आर्थिक दरिद्रता होइन, मानसिक दरिद्रता हो । एन्फा एकेडेमीकै उत्पादन केसी यसको योजनाकार भएको प्रहरी दाबी छ । एकडेमीकै उत्पादन राई र एकडेमीकै उत्पादन विकास सिंह क्षेत्री यसमा संलग्न रहेको प्रहरीको दाबी छ । विगतदेखि नै एकडेमीको औचित्य र यसको स्वरूपका बारे प्रश्न नउठेको होइन । घटनाले एउटा कुरा सोच्न सबैलाई बाध्य तुल्याएको छ । ‘एकडेमीमा फुटबलको प्राविधिक त्रान मात्र दिइन्छ कि खेलको मर्म र भावनाको बारे सानैमा सिकाइन्छ ?’ यो प्रश्नको खोजी गर्ने बेला आएको घटनाक्रमले देखाएको छ । नेपाली समाजले अधिक खेलकर्मी र फुटबलका माझ विभेद गरेकै हो । कर्पोरेट क्षेत्रले पनि यस खालेको विभेद गरे । यो विभेद गर्नेमा राज्य पनि पछि हटेन  । नेपाल गरिब छ, सा“चो हो । यहा“का हरेक गरिब छन् । कुनै पनि पेसाकर्मीले यसै पेसामा आबद्ध हुने अन्य देशका व्यक्तिस“ग आर्थिकरूपले तुलना गर्न मिल्दैन । तर, समाजिक नेतृत्व र फुटबलको नेतृत्वदायी संस्थाको पनि सायद कमजोरी हो, यी खेलाडीको पछि देशका सबै नागरिक छन् र यो नै सबैभन्दा ठूलो कमाइ हो भन्ने महसुस गराउन सकेन ।

म्याच फिक्सिङको अपराध कानुनले रकमको आधारमा गर्न सक्ला । तर, खेलकुदको मर्मले भन्छ, ‘रकमको मतलव होइन । खेलमा जित्न नचाहनु नै अपराध हो । ’ यो फरक खालको ‘स्पोर्ट्स क्राइम’ हो । जित्न नचाहनेले मैदानमा उत्रने हक राख्दैन । चाहे पैसा कत्ति लिएको छ भन्ने मतलव रह“दैन । एउटा खेलाडीको हुनुपर्ने जीवनयापनको शैली नहुनुको मतलव जित प्रतिको भोक नहुनु नै हो । यो भोक नहुनेलाई जतिसुकै स्टार भए पनि मैदानमा प्रवेश गराउनु हु“दैन थियो । तथापि गराइयो । जीवनयापन, क्याम्पमा रह“दाको अनुशासनलगायत विषयलाई कम महत्व ठानियो । नेपाली खेलकुदका सबै अफिसियलले बुभ्mनुपर्ने जरुरी के हो भने ‘जित्न नचाहनेले मैदानमा उत्रले हक राख्दैन ।’ जितप्रति लालायित नहुनेलाई मैदानमा प्रवेश पनि गराइ“दैन । लालायितहरू सबै पक्षमा संवेदनशील हुन्छन् । नेपाली खेलकुदमा यसै सर्वमान्य सिद्धान्तलाई विगतमा लत्याइयो । घटनाले एउटा पाठ सबैलाई सिकाएको छ । हार जित हुन्छ नै तर, खेलकुदको मर्ममा गम्भीर भएन भने ठूलो दुर्घटनातर्फ लम्किन धेरै बेर लाग्दैन ।

प्रतिक्रिया