बजार अनुगमन खोइ ?

आम नेपालीलाई चाडपर्वले यतिखेर भ्याईनभ्याई छ । दसैं नजिकिन थालेको छ । हुनेखानेलाई त बैंकमा पैसा हुन्छ जति चाडपर्व आए पनि केही समस्या आएन । तर, सीमित आयश्रोत भएका सर्वसाधारणलाई भने अहिले ठूलो समस्या देखिएको छ । यस्तो अवस्थामा बजारमा उपभोग्यवस्ुतको मूल्य आमनागरिकको नियन्त्रणबाहिर पुगिसकेको छ । केन्द्रीय बैंकले भरखरै सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्यांकमा सात प्रतिशतमा मूल्य वृद्धि सीमित रहेको उल्लेख छ । वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थको मूल्य सूचकांक वृद्धिदर ७ दशमलव ३ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक वृद्धिदर ६ दशमलव ६ प्रतिशत छ । त्यसैगरी, वार्षिक विन्दुगत थोक मुद्रास्फीतिमा पनि कमी आएको छ । समीक्षा अवधिमा दर ५ दशमलव ४ प्रतिशत छ । भारत, चीन र अन्य मुलुकतर्फको निर्यात घटेका कारण समग्र निर्यातमा ३ दशमलव ९ प्रतिशतले कमी आर्ई छ अर्ब ४६ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ दशमलव ५ प्रतिशतले कमी आई ६ अर्ब ७२ करोड रुपैया“ रहेको राष्ट्र बंैकले जनाएको छ ।

केन्द्रीय बैंकले मूल्य घटेको देखाए पनि अहिले भने सबै उपभोग्य सामानमा मूल्य शतप्रतिशतभन्दा बढी पुगिसकेको छ । बढ्दो मूल्यवृद्धिका कारण आम नागरिकले क्रण काढेर गुजारा चलाइरहेका छन् । व्यापारीले कालोबजारी गरे पनि सरकारले अनुगमन गर्न सकेको छैन । क्रणको दलदलमा भासि“दै गएको हाम्रो जस्तो समाजमा एकपछि अर्को गर्दै समस्या मात्रै थपिरहेको छ । सर्वसाधारणलाई जीवन गुर्जानसमेत धौधौ परिरहेको छ । यस्तो अवस्थामा बजार अनुगमनसमेत तीव्र पार्न नसक्नुले सरकारको कमजोरी प्रस्टै देखिएको छ । अहिले हाम्रो मुख्य शत्रु भनेकै पु“जीपलायन, गरिबी, अशिÔा, अस्वस्थ मूल्यवृद्धिलगायतका कुरा छन् । चाडपर्वले अर्थतन्त्रलाई तत्कालीन लाभ वा चलायमान बनाए तापनि अर्थतन्त्रको जग बलियो बनाउन महत्वपूणर््ँ योगदान दिएको छैन । अर्थशास्त्रको सिद्धान्तअनुसार मूल्यवृद्धिले पु“जी स्वदेशमा रहे पनि पु“जीपलायनले स्वदेशी सम्पत्ति विदेशमा जाने देखिन्छ ।

चाडपर्वमा वस्तुको माग अधिक हुने हु“दा जनताले खर्च बढी गर्छन् । यो समयमा माग अधिक हुने हु“दा वस्तुको मूल्यमा केही छुट तथा कमिसन प्रदान गरी व्यवसायीले नया“ रण्ँनीति अवलम्बन गर्नाले उपभोक्ताले बढी खर्च गर्नुपर्ने र ठगिने सम्भावना पनि बढी रहन्छ । यस्तो अवस्थामा नाकाबन्दीका कारण बजारमा खाद्यान्नको पनि अभाव हुन थालिसकेको छ । चाडपर्वको मुखमा ठूला व्यापारीले अभाव सिर्जना गरेका कारण सरकारले अगनुमनलाई तीव्र बनाउनै पर्छ । नाकाबन्दीले बैंकिङ सेवासमेत प्रभावित हुन पुगेको छ । देशमा पेट्रोलियम पदार्थको चरम अभाव भएपछि लोडसेडिङको समयमा अधिकांश बैंकको एटिएम तथा सन्ध्याकालीन सेवासमेत अवरुद्ध हुन थालेका छन् । त्यसैले अब सरकार र सरोकारवाला सबैले आ–आप्mनो ठाउ“बाट सर्वसाधारणका लागि केही गर्नुपर्ने भएको छ । आपूmस“ग भएका सामान उनीहरूले निर्वाध रूपमा उपलब्ध गराउनुपर्छ भने सरकारले पनि अटेर गर्ने व्यापारीलाई कारबाही गर्नुपर्छ । दसैंको मुखैमा आएर सरकारले नया“ वबकल्प ल्याउन नसके पनि आपूmस“ग भएको मौज्दातलाई सही रूपमा परिचालन गर्न सके केही समयका लागि देखिएको अन्योल हट्ने निश्चित छ ।

प्रतिक्रिया