राष्ट्र जोगाउन

‘मधेस स्वायत्त प्रदेश त हाम्रो बाहिर देखाउने नारा मात्र हो । हाम्रो भित्री लक्ष त तराईलाई नेपालबाट अलग्याउने नै हो’ भन्ने तराईका नेताहरूका भित्री मनशायको खुलासा भएपछि यो सानो, गरीब, दुःखी राष्ट्रमाथि भयंकर षडयन्त्रको कालो बादल मडारिइरहेको रहेछ भनेर नेपाली जनताले छलंर्ग बुझे । एक महिनाअघि संविधानसभाको बैठकलाई सम्बोधन गर्दै पुष्पकमल दाहाल‘प्रचण्ड’ले भनेका थिए, ‘तराईका नेताहरू एकातिर एक मधेस एक प्रदेश भन्नुहुन्छ, अर्कोतिर पहाडमा सबै जनजातिको माग पूरा गरिदिनुपर्छ भनेर चर्कनुहुन्छ, संघीय प्रदेश सीमाकंनको काम विशेषज्ञको आयोगलाई जिम्मा दिने निर्णय गर्दा, होइन अहिल्यै तत्कालै गर्नुपर्छ भनेर बबालै गर्नुहुन्छ, सीमांकन गर्नलाग्यो पहाड नमिसा भन्नुहुन्छ, पहाड नमिसाई ग¥यो पहाड चाहियो भन्नुहुन्छ । आखिर उहाँहरूले चाहेको के हो ? भन्न खोजेको के हो ?’ प्रचण्ड आपैmँ अन्योलमा परेका रहेछन् । अस्ति भदौ २७ गते आइतबार संविधानसभाको बैठकलाई सम्बोधन गर्दै कमरेड प्रचण्डले भने, ‘मैले उहाँहरूसँग अन्तरंग वातचित गरेँ । तपाईंहरूको भित्री मनशाय, चाहना, लक्ष के हो ? भनेर सोधेँ । ‘संघीयता, स्वायत्त प्रदेश यो सबै बाहिर सुनाउने र देखाउने नारा हो । हाम्रो भित्री लक्ष त तराईलाई नेपालबाट अलग्याउने नै हो’ भन्नुभयो ।

सीमान्तकृत, उत्पीडित वर्गको लागि राज्यले विशेष ध्यान दिनुपर्छ भन्ने परम्परागत मान्यतालाइ भ्mयाप्पै ब्रेक लगाएर, सीमान्तकृत वर्गमा होइन जातमा जानुपर्छ भनी राष्ट्रिय नीतिलाई जबर्जस्ती मोड्न लगाइयो र जातीय विद्वेषको जहर घोलेर आपसमै भिडाइयो । यो सबै एउटा भयंकर ग्रान्ड डिजाइन अन्तर्गतकै अभियान रहेछ भन्ने पनि छर्लंग भयो । यति छर्लंग भइसकेपछि नेपाली जनताको काँधमा दुईटा कार्यभार आएको छ । राष्ट्र जोगाउनका लागि राष्ट्रलाई माया गर्नेजति सबै एकजुट र एकढिक्का भइहाल्न जरुरी भएको छ । दोस्रो, यो राष्ट्रलाई विखण्डन गर्ने र छिन्नभिन्न पारेर सिध्याउने षड्यन्त्र कताबाट भएको रहेछ ? राज्यको ठूलो पद, ओहोदामा बसेर आप्mनै राष्ट्रविरुद्धको षडयन्त्रमा सहयोगी भइरहेका षडयन्त्रकारीका एजेन्ट, मतियारहरू कोको रहेछन् ? पत्ता लगाउन जरुरी भएको छ । राष्ट्रघाती, गद्दारहरूलाई नंग्यायाउन र तिनीहरूलाई समाजबाटै बहिष्कृत र तिरष्कृत गर्ने अभियान अर्को जरुरी महत्वको कार्यभार थपिएको छ ।

४ महिना यताको गतिविधिलाई मात्र नियालेर हेर्ने र केलाउने होभने छर्लंगैै बुझिन्छ । ४ दलबीचमा १६ बुँदे सम्झौता हुँदा को हर्षित भयो ? क–कसले स्वागत गरे ? कसले मुन्टो बटा¥यो ? यी प्रश्नका उत्तर खोज्न टाढा जानै पर्दैन । मतियार, एजेन्टबाहेक नेपाललाइ आप्mनो घर सम्झने जति सबै हर्षित भए । भारतबाहेक अरू सबै विदेशी कूटनीतिक नियोगहरूले स्वागत गरे । १६ बुँदे सम्झौता हुनासाथ मुन्टो बटार्ने र यसका विरुद्ध अनेक प्रपञ्च रच्ने भारत मात्र भयो । तराईलाई अलग्याइदिन्छौँ भन्ने नेताहरू दिनदिनै पालैसँग भारत गइरहेका छन् । भारतका गृहमन्त्री राजनाथ सिंहले त सार्वजनिक सभामै, ‘तराईमा भएका १ करोड जनता हाम्रै हुन् । तिनीहरू भारतीय नै हुन् । तिनीहरूप्रति हाम्रो चासो र चिन्ता छ । तिनीहरूले जे चाहन्छन् त्यो जेजसरी भए’नि हामी पूरा गराएरै छाड्छौं’ भने । भदौ ७ गते टीकापुरमा आन्दोलनको नाममा जिउँदै मान्छेलाई पेट्रोल खन्याएर आगो लगाए र मारे । किलोमिटर परसम्म लखेटीलखेटी मारे । आँखामा भालाले रोपे । त्यस दिन टीकापुरमा ८ जना मारे, यसैलाई आन्दोलन भने । टीकापुरमा नरसंहार गर्ने अघिल्लो दिन भारतबाट पाँचओटा बोलेरो जीपमा खुंखार हत्याराहरू ओसारेको धेरैले देखेका रहेछन् । आन्दोलनको नाममा भयंकर हत्याकाण्ड हुनथालेपछि सरकारले सुरक्षा व्यवस्था सुदृढ बनायो । आवश्यक परेमा स्थानीय प्रशासनले सेनाको मद्दत लिनसक्ने सर्कुलर ग¥यो । ‘स्थानीय प्रशासनले सेनाको मद्दत लिनसक्ने भनी गरिएको सर्कुलर फिर्ता गर’ भन्दै भारतीय राजदूतले माथिल्लो तहमा सबैलाई दबाब दिए । सेनापतिलाई भेटेर सेनालाई ब्यारेकमै थन्काउनु भनेर निर्देशन दिए । भारतीय राजदूत रञ्जित रेको लाइनअनुसार उनैको बोलीमा लोली मिलाउँदै नेपालका ठूलाबडाहरू, ओहोदाधारीहरू र पदाधिकारीहरू कोको चलिरहेछन् ? तिनीहरूलाई हामीले चिनिराख्न जरुरी भएको छ । मतियार र एजेन्टहरू चिनौँ । राष्ट्रघाती, गद्दारलाइ नग्याऔँ । राष्ट्रलाई माया गर्नेजत्ति एकजुट होऔँ । यत्ति ग¥यौँ भने राष्ट्रप्रति ठूलो योगदान पुग्नेछ ।

प्रतिक्रिया