राष्ट्रघाती गद्दारविरुद्ध

भदौ २७ गते आइतबार संविधानसभालार्ई सम्बोधन गर्दै एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रका लागि अत्यन्तै सम्वेदनशील र भयंकर विषयको खुलासा गर्नुभयो । उहाँले भन्नुभयो, ‘तराईका नेताहरूसँग मैले अन्तरंग वातचित गरेँ । तपाईंहरूको भित्री मनशाय र उद्देश्य के हो ? भनेर सोधेँ । उहाँहरूले हाम्रो भित्री मनशाय र उद्देश्य तराईलाई नेपालबाट छुट्याउने नै हो भन्नुभयो ।’ प्रचण्डजीले यो खुलासा गरेर नेपाली जनतालाई ठूलो गुन लगाउनुभयो । नत्र नेपालका शासक र नेताहरू जनतालाई थाहा दिने मामलामा अत्यन्तै कञ्जुस छन् । हुन त नेपालको राजनीतिलाई नजिकैबाट नियालिरहेका थोरै व्यक्तिका लागि यो खुलासा नौलोचाहिँ होइन । ४-५ वर्ष अघिदेखि तमलोपाका अध्यक्ष महन्थ ठाकुरजी, ‘मैले भनेअनुसार भएन भने तराईलाई अलग्याइदिन्छु’ भनेर बातबातमा राष्ट्रलाई धम्क्याइरहनुहुन्थ्यो । महन्थ ठाकुर मात्र होइन, नेपाली कांग्रेसका अमरेशकुमार सिंहजी पनि तराईलाई नेपालबाट अलग्याएर राष्ट्र टुक्र्र्याइदिने अभियानमा दौडिराख्नुभएकै छ । विषय नौलो नभए पनि संविधानसभाको बैठकमा औपचारिक तवरबाटै आधिकारिक जानकारी पाएकोचाहिँ यो पहिलो हो । प्रचण्डको सम्बोधनलाई अधिकांश टिभी च्यानलले प्रत्यक्ष प्रशारण गरेकाले राष्ट्रविरुद्ध भइरहेको यो भयङ्कर षड्यन्त्रको जानकारी धेरैभन्दा धेरै नेपाली जनताले प्रत्यक्ष हेर्ने र सुन्ने अवसर पाए ।

नेपाललाई छियाछिया पारेर कमजोर बनाउने अभियान ८÷९ वर्ष अघिबाटै सुरु भएको हो । विदेशीहरूको षड्यन्त्रको ग्रान्ड डिजाइन भए पनि त्यो षड्यन्त्रलाई कार्यान्वयन गर्न हाम्रै पार्टी र नेताहरू प्रयोग भए । भदौ २८ गते सोमबार संविधानसभाको बैठकमा आप्mनो संशोधन प्रस्ताव फिर्ता लिन अध्यक्षले गरेको अनुरोधमा माननीय सभासद् दुर्गा पौडेलजीले भन्नुभयो, ‘संघीयताले देशलाई नै खारेज गर्न लागेको यो स्थितिमा संघीयतालाई नै खारेज गर्नुपर्छ भन्ने मेरो प्रस्ताव राष्ट्रलाई जोगाउने पक्षमा छ । तसर्थ, फिर्ता लिन्न’ भन्नुभयो । कमरेड प्रचण्डले जुन खुलासा गर्नुभयो त्यसको कडी यहाँ जोडिन्छ । यो राष्ट्रले आप्mनो जीवनभरि कहिल्यै संघीयताको आवश्यकता महसुस गरेन । माननीय दुर्गा पौडेलले भन्नुभएझैँ स्थानीय निकायलाई सक्षम बनाउँ र अधिकार थप्दैजाउँ भनेर चाहेको थियो । जनचाहनालाई लत्याएर र जनभावनालाई मिचेर जबरजस्ती संघीयता घुसाउने र संघीयता लाद्ने काम कसले ग¥यो ? कुन ग्रान्ड डिजाइन मुताविक कुन उद्देश्यले जस्केलाबाट संघीयतालाई हुलेको रहेछ ? षड्यन्त्रको पर्दाफास भइसकेको अवस्था भएकाले सायद प्रचण्डले खुलासा गरेको हुनुपर्छ । संघीयता थोपर्ने काम मात्र भएन, स्थानीय निकायलाई कमजोर पार्ने षड्यन्त्रसमेत सँगसँगै भएको छ । स्थानीय निकायले प्रयोग गरिराखेको अधिकार र अभ्यासलाई कटौतीसमेत भयो । स्थानीय निकाय भनेको जनताले राज्यशक्तिको प्रत्यक्ष अभ्यास गर्ने मुख्य स्थान हो । स्थानीय निकायमार्फत राज्यशक्तिको अभ्यासमा सर्वसाधारण जनता प्रत्यक्ष सहभागी हुन्छन् । यसले जनताको आत्मविश्वास मात्र दह्रो हुँदैन सम्पूर्ण जनता एउटै सञ्जालमा जोडिएर राष्ट्र मजबुत बन्छ । राष्ट्र मजबुत बन्ने यही एउटा माध्यमलाई समेत छिनाल्दिने काम कसले गरायो ?

अहिले तराईका नेताहरूले दिनदिनै भारतीय नेताहरूलाई भेटिरहेछन् । उताबाट आएर तालिवानी र बोकोहरामलाई माथ गर्ने गरी अत्यन्तै त्रूmर, पाशविक हत्या गराइरहेछन् । जिउँदै मानिसलाई आगो लगाएर मारिरहेछन् । २÷३ किलोमिटरसम्म लखेटीलखेटी भालाले रोपेर हत्या गरिरहेछन् । जिल्ला अस्पतालले नै ठूलो अस्पताललाई रेफर गरी एम्बुलेन्समा राखेर लैजाँदै गरेको बिरामीलाई एम्बुलेन्सबाट ओह्राली बान चुटेझैँ लाठीले चुटीचुटी मार्छन् । र, यसैलाई आन्दोलन भन्छन् । अत्यन्त घीनलाग्दो र दुःखद विडम्बना के भयो भने यस्ता वीभत्स हत्या,हिंसा दिनदिनै भइरहँदा यसको विरुद्धमा विदेशी राष्ट्र, कूटनीतिक नियोगहरू बोल्दैनन् । हत्या,हिंसाको ताण्डव नाच चलिरहेको तराईमा सुरक्षा स्थिति मजबुत नपार भनेर उल्टै दबाब दिन्छन् । भारतका राजदूत त नेताहरूको घरघरमा र अझ त्यतिले नपुगेर प्रधानसेनापतिलाई समेत् दबाब दिन पुगिरहेका हुन्छन् । यो नेपाल राष्ट्रलाई विदेशीले कतिसम्म हेपेका छन् भन्ने यो सानो उदाहरण मात्र हो । राष्ट्रलाई माया गर्ने नेपाली जनताले राष्ट्रघाती गद्दारहरू कोको रहेछन् ? चिनेर त्यसविरुद्ध खडा हुन ढिला भइसकेको छ ।

प्रतिक्रिया