भदौ २३ गते बुधबारका दिन विराटनगरनजिकै सीमाक्षेत्रमा पाँचजना प्रहरी उभिइरहेका थिए । क्रूर हिंसाको नशा चढेका उग्रसमूह आइपुग्यो । ती प्रहरीलाई पेट्रोल छक्र्र्र्र्योे । ग्याँस सिलिन्डरमा आगो झोसेर प्रहरीतर्फ हुत्याइदियो । प्रहरीहरू बल्ल–बल्ल जोगिए । प्रहरीलाई जिउँदै जलाउने प्रयास असफल भएपछि उग्रसमूहले रानी भन्सार कार्यालयमा ढुंगामुढा ग¥यो । रानी भन्सारमा ढुंगामुढा सम्पन्न गरेर अगाडि बढेको थियो, पत्रकारहरूलाई देख्योे । बाँकी रहेको ढुंगा गोरखापत्रका समाचारदाता जितेन्द्र ठाकुर र मकालु टेलिभिजनका संवाददाता नवीन कर्णलाई हानेर त्यो उग्र समूह अघि बढ्यो । अहिले तराईमा दिनदिनै भइरहेका यस्ता सयाँै घटनाको यो प्रतिनिधि घटना हो ।
आन्दोलनको सार भनेको एजेन्डा हो । एजेन्डा विवेकपूर्ण र न्यायोचित हुनुपर्छ । एजेन्डा जनताको मन छुने हुनुपर्छ । जनताको समस्यासँग प्रत्यक्ष जोडिएको हुनुपर्छ । जनताका समस्यालाई सम्बोधन गर्ने एजेन्डा भएन भने भित्र आत्मैदेखि जनता आन्दोलनसँग गाँसिँदैनन् । जनता स्वस्फूर्त अग्रसर भएर आन्दोलनमा आउँदैनन् । स्वस्फूर्त नआएपछि अनेकौँ प्रपञ्च रचेर ल्याउनुपर्ने हुन्छ । भदौ ७ गते टीकापुरमा ल्याइएको भीडका हरेकले भने, ‘जुलुसमा उपस्थित नभए एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ भन्ने उर्दी थियो । एक हजार तिर्न नसक्नेहरू सबै जुलुसमा आएका हौँ ।’ यसरी तर्साएर, धम्क्याएर र लोभ्याएर उपस्थित गराएका जनताको हुल देखाएर गरिएको आन्दोलन कति सार्थक होला ? यो प्रश्न खडा भएको छ । जनताका भावना बुझेर र जनताको भावना समेटेर गरिएका आन्दोलनमा जनताको स्वस्फूर्त सहभागिता हुने भएकाले अनेक प्रपञ्व रच्न र प्रलोभनहरू देखाउनुपर्दैन । आफूलाई ‘मधेसवादी’ भन्ने तराईका नेताहरूले ५० लाखको प्रलोभन जुन दिइरहेका छन् त्यो प्रपञ्चकै अर्को उदाहरण हो ।
जनता स्वस्फूर्त सहभागी हुने आन्दोलन विवेकहीन, क्रूर र हिंस्रक हुँदैन । एक त जनता कहिल्यै पनि अविवेकी, क्रूर र हिस्रक हुँदैनन् । अर्को, जनता स्वस्फूर्त ज¥याकजुरुक जागेपछि असफलताको सम्भावना हुँदैन । उनीहरू आत्मविश्वासका साथ ढुक्कसँग आन्दोलनमा भाग लिइरहेका हुन्छन् । जनता आफैँ नजागेको र स्वस्फूर्त सहभागी नभइरहेको अवस्थामा जे–जसरी भए पनि आन्दोलन चर्काउनका लागि अनेकौँ प्रपञ्च रच्नैपर्ने हुन्छ । हजारौँ मानिसको सामुन्ने कसैलाई जिउँदै जलाएर हुन्छ कि आँखैमा भाला रोपेर विभत्स हत्या गर्दा हुन्छ कि, लखेटी–लखेटी मारेर हुन्छ कि, के गर्दा सनसनि फैलिन्छ र आतंक मच्चिन्छ त्यो सबै गर्न बाध्य हुन्छन् । टीकापुरमा मान्छेलाई जिउँदै जलाएको, दुई वर्षको नानीलाई टाउकैमा गोली दागेको, कतिलाई लखेटी–लखेटी मारेको र विराटनगरको सीमानजिक उभिइरहेका पाँचजना प्रहरीलाई करिब–करिब जलाइसकेको अवस्थालगायत तमाम घटना यही सन्दर्भमा प्रस्ट हुन्छ । यही घटनावलीको बीचमा एउटा प्रश्न भने खडा भएको छ । हामी मूल्यमा आधारित विवेकशील, सभ्य, सुसंस्कृत समाजको निर्माण गर्दैछौँ कि विवेकहीन, स्वार्थी, हिंस्रक समाजको निर्माण गर्न गइरहेका छौँ ? हामीले कस्तो समाज र राष्ट्र निर्माण गर्न खोजेका हौँ ? त्यो हाम्रो आचरण, व्यवहार, कर्म र संस्कारमा झल्कन अपरिहार्य हुन्छ । सर्वप्रथम अगुवाहरू त नमुना नै बन्नुपर्छ । जनताको स्वस्फूर्त सहभागिता नभएकाले एकातिर जनतालाई लोभ्याएर, धम्क्याएर र बाध्य पारेर आन्दोलनमा उतार्ने, अर्काेतिर भारतका नेतासँग हारगुहार गर्ने र लैनचौर धाउने यो कस्तो नैतिकता हो ? आन्दोलनकारी, अझ विशेषगरी अगुवाहरू झन् नैतिकवान हुनुपर्ने होइन र ? जालझेल, प्रपञ्च, हिंसा र अनैतिकताको जगमा उभिएको आन्दोलनको परिणाम कति मानवीय होला ? यी यस्ता प्रश्न हुन्, जसले हामीलाई पछिसम्म लखेटिरहने छन् ।
प्रतिक्रिया