गाई मारी गधा पोस्ने

सद्भावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवहरू भदौ २२ गते भारतीय नेतालाई भेट्न पुगे । ‘हामीले मधेस बन्द गराइराखेका छौ“’, तपाईंहरूले पेट्रोलियम र अन्य आवश्यक वस्तुको आपूर्तिमा रोक लगाइदिनुहोस् । नेपाललाई पूरै नाकाबन्दी गरिदिनुहोस्’ भनेर बिन्तिभाउ गरे । केही दिनअघि पनि नेपालका तराईवादी नेता राजनाथ सिंहलाई भेट्न पुगेका थिए । उनीहरूले पनि नेपालको तराई तपाईंहरूकै भरमा छ भन्ने निवेदन चढाएका थिए । भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालतिर औ“लो ठड्याउ“दै ‘तराईमा भएका एक करोड जनता हाम्रा हुन् । तिनीहरूको माग जसरी’नि पूरा गराइन्छ’ भनेर गर्जे पनि । विश्वमा कही“ नभएको विचित्रको चरित्र नेपालका राजनीतिक नेताहरूले देखाइरहेका छन् । आफ्नो राष्ट्रप्रति पटक्कै माया छैन । जनताप्रति भरोसा छैन । भारतका नेता रिझाउन पाए सबैथोक हुन्छ भन्ने ठानेका छन् । आफ्नो देशका जनतालाई विभाजित गरेका छन् । एकले अर्कोलाई घृणा गर्न लगाएका छन् । भारतका नेता गुहारेर ‘यी पहाडीयाहरूलाई कच्याककुचुक पारिदिन्छु’ भनेर कस्सिएका छन् । दुई वर्षअघि विकिलिक्सले प्रकाशित गरेको नेपालसम्बन्धी सूचनाहरूमध्ये केही सूचना संवेदनशील र गम्भीर थिए । त्यसमा, नेपालमा ६ हजार भारतीय–तिब्बती सेना रहेको खुलासा थियो । अर्को, नेपाल–भारत सचिवस्तरीय बैठकले लुम्बिनी र पशुपतिनगरमा भारतको इमिग्रेसन चेकप्वाइन्ट राख्न दिने निर्णय थियो । तेस्रो, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतको केन्द्रीय सरकारले पा“च वर्ष झारखण्ड क्षेत्रमा संरक्षण दिएर राखेको खुलासा थियो । माथि उल्लिखित तेस्रो सूचना नेपाली जनताका लागि नौलो रहेन । एसडी मुनीको पुस्तक, विवेक शाहको ‘मैले देखेको दरबार’, सुधीर शर्माको ‘प्रयोगशाला’ लगायत ।

धेरैतिरबाट खुलस्त भइसकेको छ । दोस्रोभन्दा पनि पहिलो जानकारी जिब्रो टोक्नुपर्नेसम्मको भयंकर छ । विकिलिक्सले प्रकाशित गरेअनुसार भारतले भारतीय सेनामा ‘स्टाविल्सिमेन्ट २२’ नामक युनिट स्थापना गरेको छ । जसमा ३० हजार तिब्बती शरणार्थीलाई सैनिक र आवश्यकताअनुसारका तलिम, प्रशीक्षण दिएर तिखारेर राखेको छ । त्यही ३० हजार मध्येबाट नेपालीको अनुहारस“ग मिल्दोजुल्दो देखिने अनुहार र बनोट भएका त्यो युनिटका ६ हजार सदस्यलाई नेपालभित्र क्रियाशील गराएको भनेर खुलासा गरेको छ । यहँ“ दुईवटा पक्षको ¥याङकोठ्याङ ठ्याक्कै मिलेको छ । पहिलो हो, भारतको ठूलदाइ बन्ने चाहना र अर्को हो नेपाली नेताहरूको लम्पसार स्वामीभक्ति । भारतले नेहरूकालदेखि नै छिमेकीहरूस“ग ठूलदाइको रूपमा प्रस्तुत हु“दै दादागिरीकै व्यवहार गर्दै आयो । सुरुकालमा त अन्तर्राष्ट्रिय जगतमा सम्बन्ध बढाउन र विदेशीलाई नेपालमा आउन दिने विषयमा समेत कसिलो नियन्त्रण राख्यो । मातृकाप्रसाद कोइरालाले आफ्नो संस्मरण पुस्तक ‘ए रोल इन ए रिभोल्युसन’ २०६६ सालमा प्रकाशित गरे । त्यहँ“ उनले लेखेका छन्, ‘जवाहरलाल नेहरूले भारतस“ग संयोजन नगरी परराष्ट्र मामलाका कुनै पनि विषय अघि नबढाउन नेपाल सरकारलाई बारम्बार दबाब दिएको उल्लेख गरेका छन् । जनवरी १९५१ मा अमेरिकास“ग आर्थिक सहायताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको विषयमा समेत अब्जेक्सन गर्दै, ‘अमेरिकालगायत अन्य कुनै पनि मुलुकस“ग सम्बन्ध राख्दा भारतमार्फत मात्र राख्नुपर्ने’ भनी कडिकडाउ निर्देशन दिएका छन् । चीनले पनि नेपालस“ग दौत्य सम्बन्ध राख्न विशेष रुचि राखेको थियो । त्यो थाहा पाएर नेहरूले नेपाल सरकारलाई यस्तो पत्र लेखेका थिए, ‘उनी (चाउ एनलाई) कुनै पनि हिसाबले संकीर्ण सोचाइका व्यक्ति होइनन्, जुन प्रायः कम्युनिस्टहरू हुन्छन् । जहँ“सम्म नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको कुरो छ, अहिलेको अवस्थामा र निकट भविष्यमा तपाईंहरूले यस विषयलाई प्रोत्साहन गर्नुहु“दैन ।’ भारतले रोक्दारोक्दै पनि पञ्चशीलका आधारमा कुटनीतिक सम्बन्ध स्थापना गर्ने भनेर अगस्ट १९५४ मा चीनबाट औपचारिक पत्र प्राप्त भयो । यो सन्दर्भमा पनि भारतले कुटनीतिक सम्बन्ध स्थापना गर्ने वार्ता पेकिङमा नगर्नु दिल्लीमा गर्नु । दिल्लीमा गर्न सम्भव नभए मात्र काठमाडौंमा गर्नु भनेर हस्तक्षेप गरेका थिए ।

नेपालका नेताका विषयमा भारतीय दृष्टिकोण बुझ्नका लागि कलकत्ताबाट प्रकाशित हुने ‘दि टेलिग्राफ’ मा केही वर्षअघि प्रकाशित केपी नयरको लेखलाई पढ्दा छर्लंग हुन्छ । उनले लेखेका छन्, ‘नेपालका राजनीतिक दलका नेताहरूले भारतको साथ, सहयोग र समर्थन नपाई कहिल्यै खुट्टा टेक्न सकेका छैनन् । प्रस्ट देखिएकै कुरो हो, नेपालका पार्टीनेताहरूले भारतको प्रभाव कसरी कटाउने र घटाउने भनेर कहिल्यै प्रयास गरेका छैनन्, बरु भारतलाई कसरी रिझाउने र कसरी भारतका प्रभावशाली व्यक्तिहरूको सामिप्य पाउने भन्ने प्रयासमै केन्द्रित छ ।’ समग्र स्थितिको आलोकमा तराईका आफूलाई मधेसवादी भन्ने नेताहरूले भारतका नेतासमक्ष हारगुहार गरेको विषय बुझ्न सकिन्छ ।

प्रतिक्रिया