हेवाखोलामा दाहसंस्कार गर्ने घाट निर्माण सुरु

पाँचथर, १५ असार । मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–५ र भारपा गाविस–८ को हेवाखोलामा अहिले दाहसंस्कार घाटको निर्माण सुरु गरिएको छ ।

सदरमुकाम फिदिम, भारपा, सुभाङलगायत गाविसका स्थानीयवासीलाई शव दाहसंस्कार गर्न सहज पुराउने उद्देश्यले घाट निर्माण गरिएको उद्योग वाणिज्य सङ्घ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार जिल्ला विकास समितिको पाँच लाख, थतिथी पुचको दुई लाख तथा अन्य सङ्घसंस्थाको गरी १३ लाखको लागतमा घाट निर्माण भइरहेको छ ।

उनले भने, “अहिले सङ्घसंस्थाको सहयोग आउने क्रम जारी छ, अब चाँडै निर्माण कार्य सकिन्छ । हेवाखोलामा दाहसंस्कार गर्ने घाट नहुँदा समस्या हुने गरेको थियो ।”

प्रतिक्रिया