भर्ना शुल्क फिर्ता नगरेपछि भौतिक आक्रमण

krantikari-flagदमक, १३ असार । भर्ना शुल्क नलिने सहमति कार्यान्वयन नगरेको भन्दै अखिल क्रान्तिकारीका एक समूहले झापाको दमकस्थित ग्लोबल उच्च माविको बसमा तोडफोड गरेका छन् ।

तोडफोडबाट बसको करिब एक लाखको भौतिक सामग्रीमा क्षति पुगेको छ ।

विद्यार्थी लिनजान लाग्दा अखिल क्रान्तिकारीको एक समूहले बस तोडफोड गरेका हुन् । बसको अगाडिसहित प्रायः सबै सिसा तोडफोड भएको छ ।

वैशाख ६ गते शिक्षा मन्त्रालय, संयुक्त विद्यार्थी सङ्गठन, अभिभावक संघलगायतबीच भर्ना शुल्क नलिने सहमति भएको थियो ।

विद्यालयले लिएको भर्ना शुल्क विद्यार्थीलाई फिर्ता गर्नेलगायतका विषयमा भएको सहमति कार्यान्वयन गर्न नमानेपछि विद्यार्थीहरु पुनःआन्दोलनमा उत्रनुपरेको अखिल क्रान्तिकारी झापाका अध्यक्ष रवि बस्नेतले बताए ।

प्रतिक्रिया