ओलम्पिकको पुन:उत्थानमा सीमित शक्ति राष्ट्र

only2भब्य समारोहका विच गत बर्ष लन्डनमा गृस्मकालीन ओलम्पिकको आयोजना भयो । विगतका थुप्रै आराह आबरोह पार गर्दै भएका पछिल्ला दुइ ओलम्पिक बेइजिङ ओलम्पिक र लन्डन ओलम्पिक कुन भब्य थियो भन्ने अझै छुट्टाउन कठिन होला । तर, एउटा सत्य के हो भने चिन र बेलायत दुवैले ओलम्पिकलाई नै भब्यातका साथ सम्पन्न गरी आफूलाई कुनै पनि खाले खेलकुद आयोजना गर्न सक्षम रहेको पुष्ट गर्न भने चाहे । यो त भयो, ओलम्पिकले नै आधुनीक बिश्वको सम्पूर्ण प्रबिधी र विकास झल्काउने दुइ ओलम्पिकको कथा । सन् १९८६ मा ग्रीसमा सुरु भएको आधुनीक ओलम्पिकको १ सय १६ बर्षे इतीहासले विभिन्न आरोह अबरोह पार गर्‍यो । सौर्य दैनिकमा त्यसै एतीहासिक कालखण्डा अर्थात पहिलो बिश्व्युद्ध पूर्वका ओलम्पिकको चर्चा ।
महाक्तिको अन्त्य, सन् १८९६ ,अर्थात ओलम्पीक खेलकुदको पुर्नउत्थानको बर्ष । तत्कालीन विश्वका चार महाशक्ति राष्ट्र ग्रीस ,जर्मनी, फ्रान्स र ग्रट ब्रीटेनको पहलमा यो महान खेल उत्साबलाई फेरी ब्युझाइयो । जुन, ओलम्पीक खेलमा अमेरिकाका जेम्स कोलोनीले ट्रिपल जम्पमा पदक जीत्दै ओलम्पीक खेलका प्रथम पदकधारी खेलाडीको रुपमा किर्तीमान कायम गरे । महीलालाई पहिलो पटक महीलालाई सहभागिताको अबसर दिइएको यो ओलम्पीक औद्धोगीक इतीहासमा विशेष महत्व बोक्ने पेरिस र्वल्ड फेयरको छायामा पनि परेको थियो ।
पेरिस ओलम्पीकको चार बर्ष पछि आयोजनको अबसर पायो अमेरिकाले । सेन्ट लुइसमा भएको यो ओलम्पीकमा पेरिसमा गरिए सबै गल्तीहरुलाई दोहर्‍याइए पछि यो ओलम्पीक इतीहासकै असफल ओलम्पीक खेलको रुपमा चीत्रीत भयो । १२ राष्ट्रको मात्र सहभागिता रहेको यो ओलम्पीकमा पहिलो पटक स्वर्ण ,रजत र काश्य पदक दिइने प्रचालनको सुरुवात भयो । ४ महीना १५ दिन लामो यो ओलम्पीकमा ९१ इभेन्टमा ६ सय ५१ खेलाडीले प्रतिस्पर्धा त गरे । तर, यी मध्य ६ सय ९ जना अमेरिकी थिए । काठको गोडा भएका अमेरिकी एथलेट जर्ज इसरले ६ पदक जीत्दै पेरिस ओलम्पीकका नायक बनेका थिए । चार बर्ष अगाडीको पेरिस फेयरमा देखिएको विवादको कारण यो ओलम्पीकमा गैर अमेरिकीको त्यत्ति चासो समेत रहन सकेन ।
सेन्ट लुइस ओलम्पीक ओलम्पीकको चार बर्ष पछि नै अर्को महाशक्ति इटालीले ओलम्पीक खेलकुदको आयोजनाको अबसर प्राप्त गर्‍यो । जहा, थुप्रै अस्वभाबिक दृष्यहरु देखिएका थिए । पहिलो पटक ओलम्पीक खेलकुदमा मार्च पासको चलन सुरु भएको यसै ओलम्पीकमा धनुषवाण खेलाडी विलियम र चार्ल डड दुइ दाजु बहीनीले पदक जीते भने ६० बर्षका ओस्कर स्वानले दौडेको मृगलाई पेस्तोल हान्दै सुटिङको स्वर्ण पदक जीते ।
प्राचीन र पुरातन शैलीको ओलम्पीकमा १९१२ को स्कटहोम ओलम्पीक प्राबीधीक क्रान्तिको रुपमा देखा पर्‍यो । पहिलो पटक एथलेटिक खेलमा इलेक्ट्रीक डिभाइसको प्रयोग गरियो भने क्यामरा मार्फत फोटो फीनीसको चलन पनि सुरु भयो । आधुनीक प्यानाथलनलाई समाबेश गरिएको स्कटहोम ओलम्पीकमै महीलाका लागि पोडी र डाइभीङका इभेन्ट समाबेश गरिए । सोही ओलम्पीकमा समाबेश ३ सय २० किलोमिटरको साइकल रेस ओलम्पीक इतीहासमा आज सम्म पनि सबै भन्दा लामो दुरीको रेसको रुपमा किर्तिमान राख्दै आएको छ । फीनल्यान्डका हानेस कोलोमानेन लामो दुरीको दौडमा तीन स्वर्ण पदक जीत्दै नया नायक बने । अमेरिकाका जिक थोर्पेले सोही ओलम्पीकमा प्यानाथलनको पाचै इभेन्टमा अग्रता कायम गर्न सफल भए भने डेकाथलनको स्वार्ण पदक पनि जीेते । अस्ट्रीया ओलम्पीक कमिटीका तत्कालीन प्रमुख ओटो हेस्चरम्यानले साब्रे फेन्सीङमा रजत पदक पनि जतिे । अर्को महाशाक्ति जर्मनीको बर्लिनमा १९१६ को ओलम्पीक आयोजनाको गर्ने निर्णय गरिए पनि पहिलो विश्वयुद्धको कारण बर्लीनले सो अबसर गुमाएको थियो ।
पहिलो विश्वयुद्धको अगाडीको यो ओलम्पीक इतीहासमा तेस्रो विश्व भने समाबेश हुन पाएन । सुरुमा १४ राष्ट्रको सहभागितावाट सुरु भएको अधानीक ओलम्पीक खेल स्कटहोम ओलम्पीकसम्म आइपुग्दा २८ राष्ट्रको सहभागिता रह्यो । पहिलो पटक ४३ इभेन्ट समाबेश ओलम्पीक खेलमा स्कटहोम ओलम्पीकसम्म आइपुग्दा १ सय भन्दा बढी इभेन्ट समाबेश गरिए ।
ओलम्पीक इतीहासको पहिलो चरणमा विश्वका शक्ति राष्ट्रको पनि कम चासो रहेको थियो । यो ओलम्पीकमा पूर्वी युरोपेली राष्ट्रको हकमा फीनल्यान्ड बाहके अन्यको उत्साहजनक सहभािगता समेत रहन सकेन । ओलम्पीक इतीहासको यो पहिलो कालखण्डमा धेरै राष्ट्रको चासो नरहे पन िसंगठनात्मक बहिस्कारको क्रम पनि सुरु भएको थिएन । पहिलो कालखण्डमा ओलम्पीक मुभमेन्टका महत्वपूर्ण अंग बनेको ग्रीस लगायत राष्ट्रको ओलम्पीकमा पहिचान र हैसियत पहिलो विश्वयुद्धले घटायो भने जर्मनी ओलम्पीक मुभमेन्टको मामलामा खुम्चदै जान थाल्यो ।

प्रतिक्रिया