मर्यादापूर्वक निर्वाचन सम्पन्न गरौँ

govinda-copyमंसिर ४ गतेको ऐतिहासिक दिन हाम्रा सामु खडा छ । संविधानसभाको दोस्रो निर्वाचन हुने उक्त दिनको प्रतिक्षा अब समाप्त हुनै लागेको छ । नेकपा–माओवादी मोर्चा वाहेकका दलहरूले निर्वाचन प्रचार–प्रसारलाई गाउा, टोल र घर घरसम्म पुर्‍याई सकेका छन् । अहिले शहर, बजार र चिया पसलमा समेत कसले जित्छ र कसले हार्छको जोड घटाउ हुन थालेको छ । यसले के स्पष्ट गर्छ भने राजनीतिक दल र नेपाली जनता निर्वाचन प्रक्रियामा सक्रिय भएर सहभागी हुन आतुर छन् । यता नेकपा–माओवादी लगायतको मोर्चा भने निर्वाचन प्रक्रिया अवरुद्ध गर्न रणनीतिक अभ्यास गरी रहेका छन् । उक्त मोर्चाले ‘संविधानका अन्तर्वस्तुमा राष्ट्रिय सहमति स्थापित गर्न आमहडताल’ भन्दै त्यसै प्रयोजनका लागि वहिष्कारको कार्यक्रम सहित संविधानसभा चुनावको वहिष्कार गर्ने रणनीति लिएको स्पष्ट पारेको छ । राजनीतिमा आ–आफ्नै खाले फरक विचार हुनु स्वभाविक छ । सरकार र अन्य राजनीतिक दलले पनि वहिस्कारलाई अस्वभाविक मानेको अवस्था छैन । लोकतन्त्रमा कसैको अधिकार माथि हस्तक्षेप गरिनु हुदैन भन्ने मान्यता स्थापित भएको छ । यस सन्दर्भमा सरकारले शान्तिपूर्ण रुपमा हुने वहिस्कारलाई अस्वभाविक भनेको छैन, तर, अशान्तिपूर्ण र चुनाव नै विथोल्ने गरी हुने कार्यलाई भने वल प्रयोग गरेर पनि रोक्ने जनाएको छ । जनताको आवश्यकता र चाहना बुझेर राष्ट्रिय संकटबाट देशलाई मुक्त गराउनु पर्ने मुख्य दायित्व दलहरूको हो । यदि निर्वाचनबाट राष्ट्र र जनताले खोजेको उपलब्धी प्राप्त गर्न सक्ने अवसर आउाछ भने त्यो अवसरबाट कसैलाई पनि विमुख गरिनु हुदैन । यसतर्फ नेताहरू सचेत हुन जरुरी छ ।
१० वर्षे सशस्त्र युद्धले राष्ट्रलाई २० औं वर्ष पछि धकेली दिएको छ । जसले जतिसुकै भने पनि १७ हजार नेपाली मारिएकै हुन् । यथा स्थिति विरुद्धको लडाई भने पनि आमूल परिवर्तनकारी कदम भने पनि ठूलो जन–धनको क्षति भएको छ । अहिले पनि कतिपय जनता घरवार लुटिएको अवस्थमा आन्तरिक शरणार्थी भएर जीवन विताई रहेका छन् । निर्वाचन पछि उनीहरूले आफ्नो लुटिएको थातथलो र खोसिएको स्वतन्त्रता प्राप्त हुने ठानेको हुन सक्छ । वास्तवमा निर्वाचन प्रक्रियाले धेरैलाई प्रजातान्त्रिक पद्धतिमा तान्ते र अतिवादी सोचबाट मुक्त गर्ने कार्य गर्न सक्छ । राष्ट्रले अहिले निरंकुशता होइन शान्ति, संमृद्धि र अमन चैन खोजेको छ । यसका लागि विश्वमा उत्कुष्ट ठहरिएको प्रजातान्त्रिक पद्धति अपनाए लक्ष्यमा पुग्न सकिन्छ । यदि यो पद्धतिमा विश्वास गर्ने हो भने जुनसुकै दल निर्वाचनको कसीमा घोटिन तयार हुनै पर्छ । किन कि जनताको अभिमत बुझ्न र आफूलाई जनता नजिक पुर्‍याउने माध्यम नै निर्वाचन हो । यही कारणले हुन सक्छ अहिले सबै क्षेत्र, तह तप्का र वर्ग निर्वाचन प्रति आकर्षित भएको पाइन्छ । अब यसलाई भत्काउने वा अवरुद्ध गर्ने कार्य गरेमा त्यो प्रतिउत्पादक र अमान्य हुन सक्छ । यसतर्फ सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ ।
राजनीति राष्ट्र र जनताको पक्षमा भएन भने त्यो दलको अस्तित्व लोप हुन सक्छ । अहिले राष्ट्र निर्वाचनमय भएको छ । यो अवस्थामा हुने बन्द हडतालले सर्वसाधारणलाई कष्ट पुर्‍याउने काम मात्र गर्छ । तसर्थ अब चुनावलाई निर्भयतापूर्वक सम्पन्न गर्न सबै क्षेत्र लाग्नु पर्छ । विगतलाई प्रमाणको रुपमा प्रस्तुत गरेर कर्मकाण्ड गर्ने सोच बनाउनु भन्दा त्यसलाई पाठको रुपमा लिएर अग्रगामी भूमिका निर्वाह गर्नु राम्रो हुने छ । राजनीति जटिलता, संवैधानिक संकट र अशान्तिबाट मुक्त हुदै राष्ट्र अगाडि बढ्न खोजिरहेको छ । दिगो शान्ति, सुशासन, कानूनी राज्य र स्वतन्त्रताले आर्थिक सम्वृदिको ढोका खोल्छ । जबसम्म राजनीतिले सही मार्ग पहिल्याउादैन तबसम्म सम्भावनाका सबै ढोका बन्द रहन्छन् । संविधानसभाको यस निर्वाचनले धेरै कुराको छिनोफानो गर्नेछ । दलहरूले विगतमा गरेका कमी कम्जोरी हेरेर जनताले सजाय वा पुरस्कार दिने छन् । तसर्थ निर्वाचनलाई निर्भयतापूर्वक सम्पन्न गर्न सबै लाग्नु पर्छ ।
निर्वाचन सम्पन्न भए पछि सरकार कुन दलको बन्ला ? संविधान बन्छ वा वन्दैन होला ? भन्ने खालका प्रश्न जनताले उठाउनु अस्वभाविक होइन । चुनाव पछि हारजितलाई सहजरुपमा स्वीकार गर्दै जनताले उठाएका ती प्रश्नको सहजरुपमा नेताहरूले जवाफ दिन सक्नु पर्छ । विगतमा कमी कम्जोरी भएकै हुन । त्यसलाई सच्चाउादै नेतृत्वले संविधान निर्माण गर्ने र दोस्रो संविधानसभाले मुलुकको समस्या समाधान गर्ने विश्वास गर्नै पर्छ । यसको विकल्प अहिले केही देखिदैन । नेपाली जनताले दु:ख पीडा निकै अनुभव गरी सके । मुलुक आर्थिक रुपले जर्जर बन्दै गई रहेको छ । युवा शक्ति रोजगारीको खोजीमा विदेश पलायन हुन वाध्य छ । शहर, बजार अथवा ग्रामिण क्षेत्रमा शान्ति सुरक्षामा सुधार आएको पाइादैन । यो सबै हुनुको मूल कारण अस्थिर राजनीति नै हो । अब हुने निर्वाचनले यो अस्थिर राजनीतिको विकल्पमा एउटा निष्कर्ष दिने छ । सरकार सबै दल मिलेर नै बन्ला वा केही दलकै वन्ला जस्तो वने पनि विगतबाट पाठ सिकेर त्यसले काम गर्नेछ । लोकतान्त्रिक मूल्य, मान्यता र पद्धति अनुरुप भएको निर्वाचनले जस्तो नतिजा दिन्छ त्यसलाई स्वीकार गर्नु सबैको कर्तव्य हुन आउाछ । निष्पक्ष, धााधलि रहित र स्वतन्त्र रुपमा भएको निर्वाचनबाट प्राप्त नतिजालाई आत्मै देखि स्वीकार गर्दै जनप्रतिनिधिले काम गर्ने छन् । मुलुकले दिगो राजनीति, शान्ति, सुशासन र सुव्यवस्था प्राप्त गर्ने छन् । यो चुनावपछि एक वर्ष भित्र संविधान निर्माण गर्ने र आर्थिक क्रान्ति सम्पन्न गर्ने प्रतिज्ञा नेताहरूले गरेका छन् । यस प्रतिज्ञालाई कार्यरुपमा परिणत गर्न जनताले पनि उनीहरूलाई दवाव दिनै पर्छ । अहिले नै भने निर्वाचन रोक्ने वा अविश्वास गर्ने खालका गतिविधी गरिनु हुदैन ।
मंसिर ४ गतेको चुनाव आइसकेको छ । यो चुनावले धेरै खालका समस्या समाधन गर्ने अपेक्षा पनि गरिएको छ । आफ्नो प्रतिनिधि छान्न जनता उत्साहित र आतुर छन् । यी जनतालाई निर्भयतापूर्वक मतदान गर्ने वातावरण तयार गर्ने दायित्व सरकारको हो । फाट्फुट हुने घटनाले पनि भय सिर्जना गर्न सक्छ । यसतर्फ सुरक्षा निकाय चनाखो हुन जरुरी देखिन्छ । चुनावमा भाग लिइरहेका दलहरूले निर्वाचन सम्बन्धी आचार संहितालाई पूर्णरुपमा पालना गर्ने हो भने अन्य खाले घटनामा कमि आउने छ । आफूले भने कानून मिच्दा हुने अर्कोले कानून मिच्न पाउादैन भन्दा पत्याउने अवस्था रहादैन । तसर्थ दलहरूले निर्वाचन सम्बन्धि आचारसंहिता पालनामा जोड दिनु पर्छ । आचारसंहिता तोडेर ठूलो भएको ठानिन्छ भने त्यो प्रत्युत्पादक घमण्ड हुने छ । आचारसंहिताले आफूलाई मात्र होइन अरुलाई पनि मर्यादमा रहन वाध्य बनाउाछ । मतदातालाई निर्भयतापूर्वक मतदान केन्द्रमा पुग्न र मतदान गर्न प्रेरित गर्ने काम आचारसंहिताको पालनाले पनि गराउाछ । अहिले निर्वाचनको मुखैमा आएर केही राजनीतिक दलवीच प्रचारका क्रममा एकले अर्कालाई स्वीकार गर्न नसकेका खवर आइरहेका छन् । यस्ता खाले गतिविधिले मतदातालाई निराश बनाउने छ भन्ने तर्फ दलहरूले सोच्न सक्नु पर्छ । निर्वाचन प्रजातान्त्रिक पद्धतिको एउटा प्रक्रिया हो । यो प्रक्रियामा सवै दलले प्रचार प्रसार गर्न पाउने नैसर्गिक अधिकार सुरक्षित राखेको हुन्छ । सबै दलका नेता र कार्यकर्ताले प्रतिष्पर्धीलाई स्वीकार गर्न सक्नु पर्छ । प्रजातान्त्रिक निर्वाचनको महत्वपूर्ण विषय भनेकै अर्काको अस्तित्व स्वीकार गर्नु पनि हो । यसर्थ यो निर्वाचन निष्पक्ष, धााधलिरहित र भयरहित तवरमा सम्पन्न हुन जरुरी छ ।

प्रतिक्रिया