‘समाजवादीले नै जनताको हित गर्ने’

Shanghaya-Samaj-Badi-Partyधरान : संघीय समाजवादी पार्टी देश र जनताको हितको लागि लडिरहेने पार्टी रहेको शनिबार धरानमा संघिय समाजवादी पार्टी केन्द्रीय अध्यक्ष असोक राईले बताएको छन् ।
संघिय समाज वादी पार्टी प्रचारप्रसार पार्टी क्षेत्र नं १ समितीले आयोजना गरेको क्षेत्रिय जनसभामा बोल्दै अध्यक्ष राइले एमाले पार्टी कमजोर भएर हातहतियार प्रयोग गर्न थालेको बताए । ठुला दल भनाउदा पार्टी एमाले ,काग्रेस,एकिकृत नेकपा माओवादी पार्टीले संविधान सभा र संविधानलाई हत्या गरेको आरोप राइले लगाए ।
कार्यक्रममा सुनसरी क्षेत्र नं १ को प्रत्यक्ष उमेम्दवार ध्यानबहादुर राईले आफु जनताहरू बिच झुटो आश्वासन नदिने बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर सो पार्टीमा १४ सय ८३ जनाले पार्टी प्रवेश गरेका थिए । (सौस)

प्रतिक्रिया