सेना परिचालनले मुलुकलाई मुठभेडतर्फ लैजान्छ

angkaji-sherpa

आङकाजी शोर्पा

धरान, १५ कात्तिक । संघीय समाजवादी पार्टी नेपालका स्थायी समिति सदस्य एवं जनजाति महासंघका अभियन्ता आङकाजी शोर्पाले मुलुकमा संविधान निर्माणको लागि पहिचान सहितको संविधानको एजेण्डा बोक्ने शक्तिवीच एकता हुनुको विकल्प नभएको बताएका छन् । चुनावी दौडाहाका क्रममा सुनसरी आइपुगेका शेर्पाले मंगलबार धरानमा भएको पत्रकार सम्मेलनमा वोल्दै सो विचार व्यक्त गरेका हुन् । काठमाडौं क्षेत्र नम्बर ३ वाट प्रत्यक्षतर्फवाट उमेद्धवार बनेका शेर्पा चुनावी दौडाहामा मेचीदेखि महाकालीसम्मका जिल्लाहरुमा चुनावी घोषणासभालाई सम्वोधन गर्ने क्रममा यहाँ आईपुगेका हुन् ।

उनले निर्वाचन जनादेश प्राप्त गर्ने प्रजातान्त्रिक विधि भएपनि सेना परिचालन गरेर गरिने निर्वाचनको विषयमा भने आफ्नो पार्टीको विमति रहेको स्पष्ट पारे । सेना परिचालन मुलुकलाई मुडभेठतर्फ लैजाने दावी गदै त्यस्तो अवस्थमा मतदाताले भयरहीत ढंगले भाग लिन नसक्ने भएकोले त्यस्तो वातावरणको अन्त्य गर्न उनले जोड दिए । आफु जनजाति महासंघमा रहँदा समेत संघीयताको पक्षमा डटेर लागेको वताउँदै उनले आगामी दिनमा पनि पहिचान र संघीयताको पक्षमा सशक्त रुपमा उभिने स्पष्ट पारेका थिए ।
पहिलो संविधान सभामा ४ अर्व खर्च गरेर गएका चारदलका असफल नायकहरुले चारवर्षको समय त्यतिकै खर्च गरेकोले असफल चलचित्रका नायकहरुलाई अब भने जनताले चलचित्रमा भुमिका दिन नहुनेमा उनले जोड दिए । नयाँ नेपाल निर्माणको लागि नया शक्तिको आवश्यकता भएकोले पुराना शक्तिको अब आवश्यकता नरहेको उनले बताए । उनले नयाँ नेपाल निर्माणको लागि नयाँ सोचको आवश्यकता रहेकोले त्यस्तो सोच र योजना अरु पार्टीसँग नभइ आफ्नो पार्टीबाट मात्र संभव भएको उनको दावी थियो ।
उनले पहिचान र संघीयता हुन नदिने षडयन्त्र भइरहेको बताउँदै संघीयतावादी पक्षहरुलाई विजयी गराउनुको विकल्प नभएको स्पष्ट पारे । जातीय विभेद, लैङ्गिक विभेदलगायतका विभेदको अन्त्य गर्नको लागि पनि समाजवादी पार्टीे अनिवार्य रहेको उनको भनाई थियो । मुलुकमा संघीय संविधान निर्माणका लागि पनि पहिचान पक्षहरुबीच सहकार्य अपरीहार्य रहेको उनले बताए । लामो समयदेखि उत्पीडित, उपेक्षित, वर्ग र समुदायको अधिकार स्थापित गर्नको लागि समाजवादी पार्टीको विजयी नै आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया