वादीहरू घुमन्ते र फिरन्ते भएर बाँचेका छन्

Umadevi-Badiकेही वर्ष पहिलासम्म पश्चिम नेपालमा वादी प्रथाको रूपमा थियो । चाडपर्वका बेला स्थानीय साहु, जमिन्दारका घरमा नाचगान गरेर उनीहरूलाई खुसी पार्नु वादी महिलाहरूको पेसा मानिन्थ्यो । तर, कालन्तरमा त्यही वादी प्रथालाई अर्के रूपमा प्रस्तुत गर्न र हेर्न थालियो । देशमा आएको राजनैतिक परिवर्तनसँगै वादी महिलाहरूमा चेतना आयो । पढनु पर्छ, आममान्छेले जस्तै मिहेनत गरेर बाँच्नु र आफ्नो पहिचान बनाउनुपर्छ भन्ने चेतना उनीहरूमा विकसित भयो । आज त्यही वादी समुदायका महिला शिक्षण र सामाजिक सेवामा सक्रिय छन् । उनीहरू आममान्छेले जस्तै समुदायको विकासका लागि चेतना फैलाउने काम गर्दैछन् । वादी महिला अधिकारकर्मी उमादेवी वादीसँग गरिएको संक्षिप्त कुराकानी :
म, सल्यानमा जन्मिएँ, वादी समुदाय भएकाले हाम्रो स्थायी बसोवास थिएन । बुवाआमासँगै घुमन्ते भएर बित्यो बाल्यकाल । बुवाआमामा सन्तानलाई पढाउनुपर्छ भन्ने चेतना थियो । तर, उहाँहरू छोरीहरूलाई धेरै पढाउनु हँुदैन भन्ने मान्यता राख्नु हुन्थ्यो । छोरीहरूलाई साक्षर बनाए पुग्छ भन्ने सोचाइ थियो । उति बेला हाम्रो समुदायका लागि त्यो पनि ठूलै कुरा थियो । सल्यानबाट हाम्रो यात्रा बुवाआमासँगै घुमन्ते भएर पश्चिम तराईका धेरै जिल्लामा बित्यो । एक ठाउँमा छदेखि आठ महिनासम्म बस्थ्यौँ । दाङ, बाँके, बर्दिया, कैलाली कन्चनपुरमा बित्यो मेरो बाल्यकाल । जहाँ जहाँ जान्थ्यौँ बुवाआमाले त्यहीँको स्थानीय विद्यालयमा पढ्न पठाउनु हुन्थ्यो । म स्कुलको अन्तिम बेन्चमा बस्थेँ । म बसेको बेन्चमा अरू बस्दैन थिए । बेन्च नपुगे म भुइँमा बस्नुपथ्र्यो । अरू भएका बेला स्कुलको धारामा पानी खान पाइदैन थियो । सबैले खाएपछि मात्र खान पाउँथे ।
वादी भएका कारण समुदायमा सानैदेखि हेपिएँ । मैले छोएको पानी कसैले खाँदैन थिए । स्कुलमा हुने सरस्वतीको पूजामा मन्दिर जान दिँदैन थिए । मन्दिरमा चढाउन लगेको फूलप्रसाद अरूले चढाइदिन्थे । हामीलाई मन्दिर छुने अधिकार थिएन । गाउँको मठ मन्दिरमा जाँदा भेटी र सुख्खा फलफूल अरूको हातमा पठाएर चढाउनु पथ्र्यो । आफँैले चढाउन पाइदैन थियो । आफूसँगैका अरू समुदायका केटाकेटी स्वतन्त्ररूपमा हिँडेको देख्दा र समुदायले आफूप्रति गरेको ब्यहारले मलाई भित्रैबाट औडाहा हुन्थ्यो । मन भतभती पोल्थ्यो, कस्तो समाजमा जन्म लिएछु भनेर । हामीप्रति समाजले किन यस्तो भेदभाव गरेको होला भनेर मन दुखाउनुबाहेक अरू बिकल्प थिएन ।
बुवाआमाको घुमन्ते जीवनमा मैले बर्दिया र कैलालीको हुलाकी सडकमा पर्ने सबै स्कुलमा पढेँ । एउटा स्कुलमा चारपाँच दिनदेखि महिना दिनसम्म पढेँ । पढन जान्थेँ तर भर्ना भने कुनै स्कुलमा भइन । बसाइँको ठेगान हुँदैन थियो । आज यहाँ भोलि कहाँ टुंगो थिएन । जहाँ पुगिन्थ्यो त्यहिको स्कुलमा सबै दिदीबहिनी पढन जान्थ्यौँ । हाम्रो आफ्नो घर थिएन । जहाँ जान्थ्यौँ रुखको फेदमा आड लागेर बस्न बाध्य थियौँ । हावाहुरी र पानी आउँदा नजिकैको चौधरीहरूको गोठमा गएर ओत लाग्थ्यौं । त्यसरी गोठमा ओत लाग्न पाउँदा पनि हामी खुसी मान्दथ्यौं । बसाई कहिले जङगलको छेउछाउमा भुपडी हालेर हुन्थ्यो कहिले सरकारी खाली जमीनमा । जहाँ गए पनि हामी आरमले बस्न पाउँदैन थियौं । स्थानी सामन्त र राजा रजौटाहरू सधै हाम्रो पछि लागेका हुन्थें । सामाजीक रूपमा हाम्रो शरीरलाई अपबित्र मान्ने सामन्तहरू मौका पाए वादी यूवतीको शरीमा आँखा लगाउथें । धेरै वादी महिला सामन्त र जमिन्दारको भोग बिलासको साधन बन्न बाध्य भएको मैले देखेँकी छु । सामन्त जमिन्दारहरूमा अहंकार थियो, हामी समाजका हुने खाने भएकोले वादी महिलाहरू प्रति जस्तो ब्यवहार पनि छुट छ ।
स्कुमा शिक्षकले सबैको होमवर्क जाँचथे । कस्ले कस्तो गरेको छ । आवस्यकता अनुसार कसैलाई स्यावास भन्थे त कसैलाई पिट्थे । हामी भने आफ्नो होमवर्क कपि भुँईमा राखि दिन्थ्यौं वा सर भन्दा चारहात पर बसेर देखाउथ्यौं । सरले अरु बिद्यार्थीले गल्तिगर्दा पिट्थे तर मलाई कहिल्यै छुदैन थिए । अरुलाई पिटेको देख्दा लाग्थ्यो यो सरले किन मलाई नपिटेको होला भन्ने । उमेर बढदै गयो, केही बुझ्ने भएँ । त्यती बेला बल्ल बुझे । म वादी भएकोले जात जान्छ भनेर यी गुरुले मलाई छोएका रहेछन् भन्ने । समाजको बुजु्रक भनिने पढेलेखेको ब्यक्तिबाट समेत हामी अपहेलित थियौं । वादीको छोरी भएको कारण आफू प्रति गरिएको ब्यवहारले मेरो मन असैय हुन्थ्यो –यही समाजको मान्छे भएर पनि किन हामी प्रति यस्तो अवहेलना भएको होला भन्ने लाग्थ्यो । बिस्तारै अलिअली जान्ने भएँ मेरो स्वभावमा परिवर्तन आयो । यस्ता सबै बिभेद सहेर बस्नु हुदैन भन्ने लाग्थ्यो । तर उति बेला के गर्ने ? कसरी हटाउन सकिन्छ यस्तो गलत सस्कार थाहाँ थिएन ।
अहिले समाजमा जति ठुला कुरा गरे पनि वादी महिलाहरूको अवस्थामा आठ–दश वार्ष पहिले र अहिलेमा खासै परिवर्तन भएको छैन । हिजो हामी जुन अवस्थामा थियौं आज पनि उस्तै छ । मात्र केही सुधारका प्रयास भएको छ । राज्यले जसरी वादी महिला र वादी समूदायको बारे सोच्नु पर्ने हो त्यो भएको छैन । अहिले पनि राज्य वादी समुदायको समस्या प्रति संवेदनशील देखिएको छैन । आर्दशका खोक्रा कुरा धेरै सुन्यौ । तर, हाम्रो जीवनमा भने खासै परिवर्तन भएको छैन । राज्यले सबैका छोराछोरीलाई शिक्षा दिनु पर्ने हो । हाम्रो समुदाय स्रोत र साधन उपयोग गर्ने अवसरबाट सधै बन्चित भएकोले उनीहरूका बारे बिषेश रूपमा सोच्नु पर्ने हो । तर त्यसो भएको छैन । आज पनि वादी समूदायका बालबालिका सबै स्कुल जादैनन । उनीहरूका लागि शिक्षाको ब्यवस्था सरकारले गर्नु पर्ने हो । राजधानीमा बसेर चिल्ला कुरा गर्नेहरूलाई थाहा छ कि छैन ? आज पनि वादीहरू घुमन्ते र मगन्ते भएर जिवन निर्वाह गर्दैछन् । पुरुषहरू भारतको बिभिन्न सहरमा भाडा माझ्न र चौकीदारी गर्न जान बाध्य छन् ।
वादी महिलाहरूमा पहिले भन्दा हिजोआज केही चेतना आएको छ । समाजले लगाउने आरोप वा गाली गलौज चुपचाप सुनेर बस्नेहरू आज प्रतिवाद गर्न सक्ने भएकाछन् । यो समयसंगै आएको चेतना हो । वादी समुदायका महिला नाचगान गरेर वा सामन्त जमिन्दारलाई खुसीपारेको भरमा जिवीका चलाउछन् भन्ने गलत भ्रम छ । वादी महिलाको पेशा भनेर औला ठडयाउने गरेको सुन्दा दु:ख लाग्छ । सबै महिला सामन्तको घरमा नाच्न वा उनीहरूको भोगबिलासको साधन बन्न जाँदैनन । अन्य पेशा ब्यवसाय गरेर जीवन चलाउने वादी महिलाको संख्या धेरै छ । तर, समाजले सबैलाई एउटै नजरले हेर्दा भने दुख्ख लाग्छ । कति पय लेख पढ गरेका पनि छन् । हिजोका दिनमा पनि सबैले शरीर बेचेर जिवन पालेका थिएनन । आज त झन धेरै चेतना आएको छ ।
समाजले सबैलाई एउटै नजरले हेरेका कारण पनि हामी आफ्नो अस्तित्वका लागि आन्दोलन गर्न बाध्य भयौं । सबैले देह ब्यपार गरेर जीवन चलाएका छैनन । पेट पाल्नका लागि कोही आज पनि पेशा गर्न बाध्य छन । त्यो उनीहरूको बाध्यता हा,े रहर हैन । सरकारले उनीहरूको जीवन चलाउने ब्यवस्था गरीदिने हो भने शरीर बेच्ने रहर कसैको छैन । स्थानीय शोसक सामन्तले जर्वजस्त रूपमा वादी महिलाको पेशा यही हो भनेर कुसस्कार कायम राख्न गरेको गलत प्रयासका परिणाम वादी समुदायले पीडा भोग्नु पर्‍यो । यो सामाजिक बिभेद हो । नागरीकले पाउनु पर्ने अधिकारबाट हामीलाई बन्चित गर्ने प्रयास गरियो । म आफैले न भोगे पनि धेरैको पिडादायक भोगाई नजिकबाट देखेकी छु । उनीहरूको भोगाई र आफूले गरेको अनुभुतिकै कारण आन्दोलनमा लाग्न बाध्य भएँ । आन्दोलनमा उत्रन सबै दुख आफैले भोग्नु पर्छ भन्ने छैन । अरुको भोगाईलाई नजीकबाट अनुभुति गरियो भने पनि त्यसका बिरुद्ध लड्न प्रेिरत गर्छ । म जन्मे हुर्केको परिवारको कुनै महिलालाई नाच गान गर्न आउँदैन । कसैले पेशाको नाममा साहु महाजनलाई शरीर सुम्पनु परेन । आमाले भोग्नु नपरेको संस्कार हामीले पनि भोग्नु परेन । यस्ता धेरै परिवार छन् । तर सबै वादी नाचेर जीवन चलाउछन् भन्नेहरूले बुझनु पर्छ । रहरले हो कि बाध्यताले मान्छे बाँचेको छ ।
एउटै समाज भित्र रहेक कोही महिला स्वतन्त्त पूर्वक हिड्ने, त्यही समाजको अर्को महिलाले जंगलबाट ल्याएको दाउरा पनि अपबित्र हुने ? हामीलाई समाजमा हुने खाने भन्नेले जसरी चाह्यो उसैगरी प्रयोग गर्ने प्रयत्न गरे । उनीहरूले चाहे वादी महिलाको भावना र शरीरसंग खेलवाड गर्न हुने । समाजको अगाडि हामीले छोएका हरेक बस्तु अछुतो हुने त्यस्तो पनि हुन्छ ? हामीले छोएको वालुवा, गीट्टी, दाउरा जस्ता बस्तु समेत अपबित्र भन्दै श्रम गरेर खान दिएन त्यो समाजले हामीलाई । र बाध्य बनायो कतिलाई शरीर बेच्न ।
वादी महिलाको पीडा नजिकबाट देख्थ,े लाग्थ्यो के हामी यो देशका नागरीक हैनौं ? समाजमा अरुले भोगेका सुख र स्वतन्त्रता भोग्ने अधिकार वादी समूदायसंग छैन् ? राज्यले वादी समुदायलाई सम्बोधन गर्ने गरी प्रभावकारी योजना बनाउन सकेन । सबै नागरीकलाई समानता पूर्वक बाच्न दिनु राज्यको दायीत्व हुनु पर्ने हो । हामी आफ्नै देशमा नागरिताका लागि आन्दोलनमा उत्रिन बाध्य भयौं । यो देशका नगरीक भएर पनि हामीलाई नागरीक मानिएन । तर, पश्चिम नेपालमा वादी प्रथा छ भनेर राज्यले ठाउँ कुठाउँ उल्लेख गर्‍यो । तर वादी समस्या के हो उनीहरूको जीवन कसरी चलेको छ बुझ्ने प्रयास गरेन । लाग्छ हाम्रो राज्य जात र समुदायलाई फरक फरक ब्यवहार गर्छ कि भन्ने । यो सधै मेरो मनमा खट्कीने बिषय हो ।
बिस्तारै समाजमा कसरी जिउने भनेर बुझन थाले । त्यसपछि अन्यायका बिरुद्ध संर्घष गर्नु पर्छ भन्ने भावना मनमा आयो । बुझँे अधिकारका लागि पर्खेर वा हेरर केही पाईदैन । आफै जुध्नु पर्छ भनेर संगठित भयौं वादी समुदाय । हामी आफ्नो पहिचान बनाउन चाहन्थ्यौ । सदियौ देखि हामीमाथि लागेको कलंक मेटाउन चाहन्थ्यौं । वादी समूदायका महिलाहरू शरीर बेचर मात्र हैन श्रम गरेर पनि बाच्न सक्छन् भनेर । अधिकारका लागि संगठित हुन हामीलाई धेरै सामाजिक संघसस्थाहरूको सहयोग थियो ।
हामी आन्दोलन गर्न तयार भयो । तर, आन्दोलन गर्न हाम्रा लागि सहज थिएन । एकातिर हामी प्रति हेर्ने समाजको हेपाहा सोचाई अर्कोतिर असंगठित समुदाय । त्यस्तो समूदायबाट आन्दोलन गर्नु फलामको चिउरा चपाए जस्तै थियो । तर पनि हामी चुप लागेर बसेनौं । हामीमाथि धेरै आरोप लाग्यो । नाचेर खानेहरू आन्दोलन गर्ने भने । सामाजिक संस्थाले उचालेको भन्थें, कसैले वाडी पिडीत हुन भने कसैले कस्ता वादी हुन भने । महिला भएर आन्दोलन गर्ने, दलितले अधिकारको कुरा गर्ने जस्ता भनाई सुन्नु पर्‍यो । कयौं पटक हामी वादीकै बिचमा फुटाउन तल्लो र उपल्लो जातको वादी को बिल्ला भिराउने कोसीस पनि भयो । निकृष्ट आरोपहरू पनि लाग्यो । अहिले सबै ठाउँमा हामीलाई सबैले एउटै नजरले हेर्दैनन् । अहिले पनि पिठयू पछाडि आरोप लागेको सुनिन्छ । वादी भनेर देख्दै नाक खुम्चाउने गर्छन ।
सामाजीक सस्थाहरूको सहयोगमा वादीसमूदायका केटाकेटीलाई पढाउन सहयोग जुट्न थालेको छ । पढनु पर्छ भन्ने भावनाको बिकास भएको छ । महिलाहरू आफै पढन थालेका छन् । यति बेला कैलालीका धेरै बालबालीका स्कुल जान्छन । बाबुआमाको निदारमा लागेको कलंक र जीवन धान्ने बाध्यताले अपनाउनु पर्ने पेशाबाट बिस्तारै अगाडि बड्दै छन् । स्कुल क्याम्पस जाने महिलाहरू बादी समूदायमा प्रसस्र्तै छन् । महिला पुरुष दुबैमा पढाईको ज्ञान भएको छ । सामाजीक संस्थाहरूमा जागिर खान्छन् । शिक्षण पेशामा लागेका छन् । आफै पनि अब समुदायका लागि केही गर्नु पर्छ भनेर सक्रिय छन् ।
हामी जुन समाजमा जन्मीयौं । त्यही समाजमा अपहेलना खेपेर बाच्यौं । वादी महिलाले केही जानेका हुनैनन भन्ने आरोप लाग्यो । यीनीहरू पढन जान्दैनन । जस्ता आरोप खेप्नु पर्ने अवस्था थियो । तर, आजका वादी महिला कसैको हवेलीमा गएर नाचगान वा उनीहरूलाई खुसी पारेर मात्र बाच्छन् भन्ने आरोपलाई गलत सिद्ध गरेका छौ । आज हाम्रा अगाडि कुरा काट्ने वा हेरेर पेशा गरेर खाने भन्ने आँट कसैले गर्दैनन । हामीले छोएको सुख्खा सामान छुन गाह्रो मान्थे । आजसंगै बसेर खाना खान्छन् । परिवर्तन केही भएको छ । तर, जति हुनु पर्ने हो भएको छैन । हिजोका दिनमा हामीलाई जिउ बेचेर खाने भन्थे । त्यसैको निहुँमा कयौं स्थानमा मारकाटको अवस्था समेत भएको थियो ।
हाम्रो समूदायमा लागेको कलंक भेला गोष्ठी गरेर अन्त्य हुदैन । न त कुनै सामाजीक संस्थाले अन्त्य गर्न सक्छ । राज्यले प्रष्ट नीति बनाएर लागु गर्ने हो भने वादी समूदाय पनि समाजमा ठाडो शिर गरेर बाच्ने छन् । त्यसका लागि सरकार जिम्मेवार हुनु पर्छ । नीति बनाएर कार्यन्वयन गर्ने आँट सरकारले गर्ने हो भने सबै सम्भव छ । यही समाज हो कुनै बेला निर्धक्क जंगलको चरा जनावर मारेर खान्थे। कानुन बन्यो, लागु भयो, अहिले जनावर मारेर खान पाईदैन । नीति बनाएर लागु गर्ने हो भने समाजका सबै खाले बिकृति र कुशंस्कार अन्त्य हुन्छ ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया