तमलोपाद्वारा घोषणा–पत्र सार्वजनिक

Mahantha-Thakur-Ghosana-Patकाठमाडौं, ६ कात्तिक । तराई मधेस लोकतान्त्रिक पार्टीले स्वायत्त मधेस प्रदेशको मागसहित आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
काठमाडौंमा आज (बुधबार) पत्रकार सम्मेलन गरेर तमलोपा अध्यक्ष महन्थ ठाकुरले समावेशी राज्य संयन्त्र बनाउनु पर्ने प्रस्तावसहित घोषणा–पत्र सार्वजनिक गरेका हुन् । उनले राज्यको सबै क्षेत्र समावेशी हुनुपर्ने बताए ।
तमालोपाले स्वायत्त मधेस प्रदेशको एजेन्डा बनाउन प्रस्ताव गरेको छ । शासकीय स्वरुपका सम्बन्धमा मिश्रित निर्वाचन प्रणालीबाट चुनिने संसदबाट कार्यकारी प्रधानमन्त्रीको चयन र अलंकारिक राष्ट्रपतिको प्रस्ताव घोषणा–पत्रमा छ ।
व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र सेनाको संरचना समावेशी हुनुपर्ने तमलोपाको घोषणा पत्रमा उल्लेख छ ।
न्यायपालिकामा कर्मचारी र न्यायमूर्तिमा एउटै जात एंव भाषाभाषीको बाहुल्यता रहेका कारण उनीहरुले परिवर्तनकारी अन्तरिम संविधानलाई आत्मसाथ गर्न नसकेको ठाकुरले बताए ।

प्रतिक्रिया