विदेशको सीप स्वदेशमा ल्याउन आह्वान

Shankar-Koiralaबेल्जियम । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विदेशमा सिकेको सीप र ज्ञान स्वदेशको विकासमा उपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आव्हान गरेका छन् ।
युरोपका विभिन्न देशबाट नेदरल्याण्डको हेगमा भेला भएका गैर आवासीय नेपालीहरुको भेलालाई मंगलबार राति सम्बोधन गर्दै मन्त्री कोइरालाले गरिवी न्यूनिकरण र आर्थिक समृद्धिको यात्रामा एनआरएनसंग सरकारले सहकार्य चाहेको बताए ।
देश विकासका लागि चाहिने लगानी, प्रविधि र सीप लिएर स्वदेश फर्कन आग्रह गर्दै उनले लगानी गर्न सरकारले उचित वातावरण बनाइदिने आश्वासन दिए ।
कोइरालाले आगामी वर्ष नेपालमा हुने एनआरएनको सम्मेलनका लागि सरकारले सहयोग गर्ने बचन दिए ।

प्रतिक्रिया