केही सिकोस् नेपाली समाजले

Manoj-Ghimireअफगानिस्तान नयाँ दक्षिण एसियाली फुटबल च्याम्पियन बनेको छ । गृहयुद्धको मारबाट मुक्त हुन नपाउँदै संसारको सबैभन्दा लोकप्रिय खेलको क्षेत्रीय च्याम्पियन बन्नु चानचुने कुरा होइन । पश्चिमाहरूले गरेको आर्थिक र भौतिक सहयोग उनीहरूको सफलताको एउटा प्रमुख कारण हो, सबै भने होइन । अफगानीको त्याग, तपस्या, मिहिनेत र धैर्य गर्न सक्ने क्षमता यो सफलताको प्रमुख कारण हो । पहिलो अन्तर्राष्ट्रिय सफलता पाउने क्रममा अफगानिस्तानले सेमिफाइनलमा घरेलु टोली नेपाललाई १–० ले पराजित गरेको थियो । त्यो पराजयले नेपालीलाई पीडा दिलायो तर थुप्रै पाठ पनि सिक्न बाध्य तुल्यायो ।
सेमिफाइनलमा नेपालको पराजयको एक दिनपछि सडक, चोक, गल्ली र चिया पसलमा यसैको चर्चा भयो । सायद कुनै सरकारी कर्मचारीलाई कमसेकम एक दिन काम ठग्ने नयाँ बहाना पनि बन्यो नेपाली फुटबल टोलीको हार । यो साफ च्याम्पियनसिपकै लागि नेपालका थुप्रै जिल्लाबाट काठमाडांै ओइरिए । यसरी ओइरिएको भिडले नेपाली टोलीको हौसला पनि बढाएको थियो । तर, पराजयपछि त्यसै भिडदेखि चिया पसलसम्मका प्रतिक्रिया भने साँच्चै विरक्त लाग्दो रह्यो ।
खेलकुदको दुनियाँमा एउटा प्रतियोगितामा हार या जित सामान्य हो । आफू निकट टोलीको जितमा जोकोही पनि खुसी हुन्छ नै † तर, त्यो जित या हारभन्दा महत्त्वपूर्ण भनेको खेलकुदको मूल्य–मान्यताको रक्षा नै हो । कुनै प्रतियोगितामा उपाधि नै जिते पनि अनुशासित र विकसित समाजको निर्माणमा खेल क्षेत्रको कुनै भूमिका रहँदैन र खेल भावनाको सम्मान हुँदैन भने त्यो जितको अर्थ पनि रहँदैन ।
नेपाली भूमिमा जहाँ हरेक ठूला प्रतियोगितामा खेल भावनाको मानमर्दन भएको छ । यो खेल भावनाको मानमर्दनको सवालमा अग्रपंक्तिमा रहने शिक्षा पुर्जा मात्र बोकेका केही तथाकथित बौद्धिक भनिने भिड नै रह्यो । नेपालको हारको एक दिनपछि थुप्रै नेपालीले किरण चेम्जोङ र रोहित चन्दलाई गाली गरेरै दिन बिताए । मानाँै किरणले जानाजान गोल गर्ने अवसर दिएका हुन् । अनि रोहितले पनि जानाजान गोल नगरेका हुन् । यसरी प्रतिक्रिया व्यक्त गरेरै सबैभन्दा बढी आत्मबल आवश्यक रहेको समयमा रोहितकै गालीमा दिन खर्चनेहरूले यो पनि सोचेनन् कि त्यो पेनाल्टी खेर जानुको कारण रोहित मात्र होइनन्, अफगानी गोलरक्षक मन्सुर फख्रियार हुन् । फख्रियार उत्कृष्ट हुनुको दोष रोहितलाई किन ?
जो स्किलफुल हुन्छ, जो मिहिनेती छ र जो रणनीति र योजनामा निख्खर छ उही जितको हकदार हुन्छ । उही पहिलो हुन्छ । यो सामान्य मान्यतालाई स्वीकार गर्ने हिम्मत पनि नेपालीमा देखिएन । एउटै सत्य यो हो कि रोहित चन्द नेपाली फुटबलका एक उत्कृष्ट खेलाडी हुन् । एक दिन, एक समयमा उनीभन्दा अफगानी गोलरक्षक उत्कृष्ट ठहरिए । समाचारमा पढियो ‘रोहितले माफी मागे’ यतिखेर जो फुटबललाई माया गर्छ, त्यसले भन्नै पर्छ ‘यो माफी आवश्यक छैन । किनकि विपक्षी गोलरक्षक राम्रो हुनुमा तिम्रो केको दोष ?’
एक दिनअघि दशरथ रंगशालामा टिकट ब्ल्याकमा पनि बिक्यो । नेपालीहरूको हार भएको भोलिपल्ट अर्को सेमिफाइनल रंगशालामा कुनै भिड रहेन । मान्छे संकीर्ण हुने क्रमको सुरुआत राष्ट्रियताबाट हुन्छ । जो बढी राष्ट्रवादीको राग अलाप्छ उसको संकीर्ण मानसिकताको विकास त्यहीँबाट सुरु हुने हो । उग्र राष्ट्रवादीपछि ऊ आफूलाई जात, वाद, वर्ग र वर्णको नाममा संकीर्ण घेरामा राख्दै जान्छ । त्यही संकीर्ण मानसिकता भएका हजारौँको भिड दशरथ रंगशालामा पुग्दा पनि उनीहरूका उग्र राष्ट्रवादी सोच थियो होला । उनीहरू त्यहाँ न रबिन श्रेष्ठको ओभरल्याप र क्रस हेर्नकै लागि न त सन्दीप राईले प्रहार गरेको उत्कृष्ट फ्रिकिक र ‘परफेक्ट स्विच’ हेर्नकै लागि पुगेका थिएनन् । यदि, त्यसो हो भने उनीहरू फक्रियारले गोल बचाएको दृश्य र सुनील क्षत्रीको खेल हेर्न पनि पुग्थे होलान् । स्किललाई न मान्ने र राष्ट्रवादको राग अलाप्नेहरूका कारण नेपाली खेलकुदले राम्रो नतिजा दिलाएन । तर, यिनीहरूकै कारण दिनदिनै खेल भावना हारेको छ । त्यो चाहिँ दु:खद हो ।
एउटा कुरा निश्चित हो यो साफ च्याम्पियनसिपमा सबैभन्दा सम्मान गर्नलायक व्यक्तिमध्ये एक त रविन नै हुन् । त्यत्तिकै सम्मान गर्नलायक व्यक्ति फक्रियार पनि हुन् । यो सम्मान गर्नमै राष्ट्रियताले रोक्छ भने त्यसलाई रंगशालामा प्रवेश गर्न नैतिक हक रहन्छ कि रहँदैन । किनकि अन्तर्राष्ट्रिय खेलकुदले एउटै मान्यता स्थापित गरेको छ, ‘संसारका मानव जाति एक हौँ ।’ उता हामी उग्रराष्ट्रवाद मात्र होइन, उत्कृष्टको चयनमा क्षेत्रीयतामा पनि विभाजित भएका छौँ । कत्तिसम्म भने बर्सेनि हुने लोकप्रिय खेलाडीको चयनमा क्षेत्रीयताको नामसँगै सिंगो सहर उल्टने गरेको छ । के यो खेल भावनाको खिल्ली उडाइएको होइन ?
फेरि प्रसंग किरण र रोहितकै । हो, उनीहरू निश्चित ठाउँमा चुकेकै हुन् । यो साफ च्याम्पियनसिपमा अफगानी उनीहरूभन्दा ठीक ठहरिएको पनि साँचो हो । यसकारण अफगानी सम्मान गर्न लायक हुन् । नेपाली माझमै किरण र रोहितभन्दा भोलानाथ सिलवाल, रविन श्रेष्ठ र सन्दीप राई अलोकप्रिय पनि हुन् । किनकि उनीहरूले पछिल्लो प्रतियोगितामा राम्रो खेले ।
तर, चोकमा बसेर उनीहरूको गाली–गलौजमा दिन बिताउनेका लागि केही प्रश्न । किरण चेम्जोङले सयाँै बलको सामना गरे, एउटा गल्ती गरे । अर्थात् उनी आºनो काममा ९९ प्रतिशत सफल भए । १ प्रतिशत गल्ती गरे, ‘तिमीहरू आºनो काममा कति प्रतिशत परफेक्ट छौ ? तिमीहरू ९९ प्रतिशत ‘परफेक्ट भएको भए हामी यति धेरै दरिद्रतामा बाँच्नुपथ्र्यो ?
यी दुई ठिटा वर्षौं फुटबलमा बिताएर, वर्षौंदेखि फुटबलमै रहेर देशभित्रको प्रतिस्पर्धामा योग्य ठहरिएरै राष्ट्रिय खेलाडी भएका हुन् । उनीहरू सरकारी जागिर खानकै लागि र सरकारी जागिर भए भ्रष्टाचार गर्ने ठाउँमा पर्न दैनिक नेताको घरमा धाउने आमनेपालीमध्येका होइनन् । कुनै छापाका सम्पादकले अलिकति माया गरिदिएको भरमा बौद्धिक श्रमिक भएझँै पनि होइनन् । कालोकोट लगाएर कालो रकम कमाउने अन्य बौद्धिक भनिने झैँ पनि होइनन्  । यिनीहरूभन्दा अरू राम्रो हुनुमा यिनीहरूको के दोष । कमसेकम यिनीहरूले आºनो बुताले भ्याएसम्म सही गरेकै हुन् । यी दुई भाइको आलोचनामा दिन बिताउनेहरू, अझ बौद्धिक ठान्नेहरूले सोचे हुन्छ, के यी दुई भाइजस्तो उनीहरू अनुशासित छन् ? आलोचकहरू स्किलको कारण त्यो ठाउँमा पुगेका हुन् या ‘रिफर प्रणाली’को गलत फाइदा उठाएर चाकडीको भरमा । त्यसकारण यी दुई भाइको यति धेरै आलोचना गर्ने नैतिक आधार तथाकथित बौद्धिकसँग छ की छैन ?
अन्त्यमा फुटबलमा एउटा प्रतियोगिता हार्नु या जित्नु ठूलो कुरा होइन । खेलकुदका मान्यतालाई मान्ने यो नमान्ने भन्ने नै हो । स्किल र मिहिनेतले नै मान्छे ठूलो हुने या रिफरले ? जीवन र समाज त्यत्तिकै अनुशासित हुनुपर्छ कि पर्दैन ? आºनो काममा बढी ध्यान दिने कि अनावश्यक चर्चा–परिचर्चामा ? हामीले हारेको साँचो हो । तर, रंगशालामा उत्रिएको यो भिडले यत्ति कुरा बुझे त्यो नै हाम्रा लागि पर्याप्त हुनेछ ।

प्रतिक्रिया