‘मन्त्री नबन्ने’ र ‘मह’को राजनीति

Suna-Gurungनेपाल सदभावना पार्टीकी अध्यक्ष सरिता गिरीले मधेसका माग पुरा गराउने भन्दै ‘मह’ र पानी खाएर काठमाडौंको मुटुमा झण्डै तीनसाता आमरण अनशन बसिन् । आमरण अनशन बस्दा कुनै पनि खाने कुरा खानु हुँदैन भन्ने मान्यता छ । तर उनको स्वास्थ्यमा कुनै असर नदेखिए पछि पत्रकारले सोधेको प्रश्नमा स्वयं गिरीले आफूले मह र पानी खाने गरेको बताईन् ।
उता, झण्डै दर्जन पटक मन्त्री बनेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब आफू मन्त्री नबन्ने घोषणा गरेका छन् । उद्योग, बाणिज्य, आपूर्ती, स्वास्थ्यलगायतका राम्रा मन्त्रालयको जिम्मेवारी सम्हालेका अध्यक्ष महतोलाई चुनावको मुखमा मन्त्रीको मोह भङ्ग भएको छ ।
मन्त्री र लाभका पदमा रहँदासम्म उनीले मधेसका मागलाई धेरै महत्व दिएनन् । ती माग उठान महतोलाई फर्सदै भएन । मन्त्री खुस्कने वित्तिकै नागरिकता र अधिकारका कुरासँगै जोडिएर आएका छन् ।
चुनावमा एक सिट पनि नआउने छँटकाँट देखेपछि गिरी, महतो मात्रै होइनन् संघीय सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झा पनि मधेसीका माग भन्दै ज्ञापनि पत्र बुझाउने तथा अन्य झिनामसिना मागको दौडाहमा लागेका छन् ।
विजय गच्छेदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि पहाडको मत तर्फ आकर्षित हुँदैछ । पद र सत्तामा रहँदासम्म आफ्ना आसेपासेलाई भन्दा अरुलाई शुभलाभ गर्न नसकेका गच्छेदारले मधेसमा धेरै मत आउने संकेत नपाए पछि पहाड तिर आँखा लगाएका हुन् ।
पहाडको मत गच्छेदारलाई त्यत्ति सजिलै आउने छैन । गच्छेदारले बुझेका पनि छन् । उनले आफ्नो गृह जिल्ला सुनसरीमा विजयी हासिल गरिहाले पनि बाँकी जिल्ला र क्षेत्रमा उनलाई फलामको चिउरा सावित हुने पक्का छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र उनका सहअध्यक्ष हृदय त्रिपाठी पनि नागरिकताको कुरा खुब जोडतोडले उठाई रहेका छन् । उनीहरुको रणनीति पनि अहिले नागरिकतामै अल्झिएको छ ।
साना मधेसवादी राजनीतिक दलहरु नेताहरु चोर्ने अभियानमा लागेकाले उनीहरुलाई मधेसका मुद्दा उठाउने फुर्सद छैन ।
मधेस, तराई, पहाड वा हिमालमा बस्ने जनताले के खाए वा कहाँ बसेका छन् भन्ने चासो कसैलाई छैन । सबै आ–आफ्नै धुनमा छन् । आवश्यक्ता पर्‍यो भने नागरिकता र अन्य हल्का विषय उठाएर मत पाउने आशामा लाग्ने गर्छन् । यो परम्परा सबैले त्याग्नु पर्छ । समयमा सबैले मुलुकलाई एकभएर लैजाने तर्फ ध्यान दिएनन् भने राजनीतिमा पिल्सिएका गरिव जनताको जीवनस्तर कहिल्यै उठ्ने छैन ।
र सबै दलहरु जातीय र क्षेत्रीय राजनीति धेरै उछाल्नुको पनि अर्थ छैन । मुलुक सबैले बनाउनु पर्छ भन्ने मान्यता राख्नु पर्छ ।

प्रतिक्रिया