एमालेका वरिष्ठ नेता नेपाल दिल्ली जाँदै

Madhav-Nepalकाठमाडौं, ९ साउन । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणका लागि नयाँ दिल्ली जाँदैछन् ।
भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहको निमन्त्रणामा नेता नेपाल आज (बुधबार) नयाँ दिल्ली जान लागेका हुन् । नयाँ दिल्लीमा रहँदा नेता नेपालले डा.सिंहका साथै उच्च अधिकारी र विभिन्न दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
टोलीमा महासचिव ईश्वर पोखरेल, विदेश विभाग सदस्य राजन भट्टराई पनि रहेका छन् । नेता नेपाल अपरान्ह साढे चार बजेको उडानबाट जाने कार्यक्रम छ ।
यस अघि भारतले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका नेता शेरबहादुर देउवालाई औपचारिक रुपमा निम्तो दिई नेपालको राजनीतिक बारेमा जानकारी लिई सकेको छ ।
यसैबीच, राप्रपाका केन्द्रीय सदस्य सुनिलबहादुर थापा पनि हाल नयाँ दिल्लीमा छन् । पूर्व प्राधनमन्त्री समेत रहेका आफ्ना बाबु सूर्यबहादुर थापाको भ्रमण मिलाउन सुनिल दुई दिन अघि नयाँ दिल्ली गएका हुन् ।

प्रतिक्रिया