भारतीय विदेशमन्त्रीको भ्रमण सकारात्मक

Upendra-Yadavकाठमाडौं, २४ असार । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल र भारतवीच राजनीति भन्दा माथिको सम्बन्ध राख्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आज (सोमबार) आयोजित कार्यक्रममा यादवले खुर्सिदको भ्रमणले नेपालको समस्या समाधानमा जनताले राखेको अपेक्षा पुरा गर्न मद्दत गर्नु पर्ने बताए ।
कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले छिमेकी मुलुकको परराष्ट्रमन्त्री आउनु स्वभाविक भएको टिप्पणी गरे । भ्रमणले दुई देशको मित्रतालाई अझै प्रगाढ बनाउने उनको विश्वास छ ।
एकीकृत माओवादी विदेश विभाग प्रमुख राम कार्कीले नेपालमा धेरै अस्थिरता आए उनीहरुको समृद्धि पनि सम्भव नहुने बताए । कार्कीले भ्रमण सदभावसम्म उचित हुने भन्दै त्यो भन्दा बढी गर्न नहुने बताए ।
राप्रपा नेता पशुपति शम्शेर राणाले छिमेकी देशको प्रभावशाली नेतृत्व परराष्ट्रमन्त्रीको भ्रमणले नेपालमा राजनीतिक गतिरोध अन्त्य गर्न सकारात्मक सन्देश दिने बताए ।

प्रतिक्रिया