२४ सोतोकान खेलाडी छनोट

काठमाडौ, २३ असार । राष्ट्रिय टिम कराते छनोट प्रतियोगिताका लागि २४ सोतोकान खेलाडी छनोट भएका छन् ।

नेपाल सोतोकान कराते महासंघले शनिबार गरेको प्रतियोगिताबाट १८ पुरुष र ६ महिला खेलाडी छनोट भएका हुन् ।

प्रतियोगिताका लागि पुरुषको ५० केजीमा सुशान्त मोडक र अविन नकर्मी, ५५ केजीमा विक्रम राई र गोपाल गुरुङ, ६० केजीमा विनोद रोका र प्रकाश राई, ६७ केजीमा सुरेश गुरुङ र मदन साउद, ७५ केजीमा गणेश सुर्खेती र रेशम सुन्दास, ८४ केजीमा दावा लामा तथा ८४ केजीमाथि रुपक महर्जन र दवाङ राप्तेन लामा छनोट भएका हुन् ।

पुरुषकै एकल काँतामा हरि श्रेष्ठ र सोनाम शेर्पा तथा टिम काँतामा सुमन अवाल, जिमी डंगोल र हरि श्रेष्ठ छनोट भएका छन् ।

महिलातर्फ ४५ केजीमा सिमरन गुरुङ, ५० केजीमा रणुका पाण्डे, ५५ केजीमा लक्ष्मी आले र ६१ केजीमा गीता सुनवार र एकल कातामा रेणुका पाण्डे र लक्ष्मी आले छानिएका छन् ।

प्रतिक्रिया