आयोजनामा व्यापक अनियमितता भएको स्थानीयको दावी

दोलखा १९ असार । देशकै गौरवका रुपमा लिइएको बहुचचिर्त निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाका दुई उच्च अधिकारी अख्तियारको छानविनमा परेपछि आयोजनामा व्यापक भ्रष्टाचार भएको रहस्य खुलेको छ ।
आयोजनाको कामको गुणस्तरमा खेलवाड गरिएको र सामाजिक विकासका नाममा छुट्याइएको करोडौ रकममा घोटाला भएको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् । दोलखाको लामावगर गाउामा ३५ अर्ब लगानीमा आयोजना निर्माण भईरहेको छ । आयोजनासम्म पुग्ने सडक निर्माणदेखि नै गुणस्तर कायम नगरी मनोमानी गर्दै आएको आयोजनाले सिभिल निर्माणका कामहरुमा समेत गाुण्स्तर कायम गर्न नसकेको स्थानियको आरोप छ । स्थानीयको उजुरीका आधारमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना भित्रको भष्टाचार छानविनको लागि अख्तियार र सतर्कता केन्द्रले प्रक्रिया अगाडि बढाएको छ ।
शुक्रबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजनाका दुई अधिकारी विज्ञानप्रसाद श्रेष्ठ र विमल गुरुङलाई सार्वजनिक पदमा बसेर अकुत सम्पती कमाएको आरोपमा छानबिनको घेरामा राख्दै उनीहरुका सबै बैंक खाता र लकर नेपाल राष्ट्र बैंक मार्फत बन्द गराएको छ । केही साता अघि राजधानीबाट आएको राष्ट्रिय सतर्कता केन्द्रको टोलीले समेत अनुसन्धान गरेर फकिर्एको थियो ।
आयोजनाको लगानीकर्ता, सञ्चालक बोर्ड, बिद्युत प्राधिकरण, अख्तियार सहितलाई सचेत गराउन मंगलबार चरिकोट आएका स्थानीय आज (बुधबार) काठमान्डौं गएको छ ।

 

प्रतिक्रिया