खोलाले बगाएर सातजना बेपत्ता

upper_karnaliकाठमाडौं, ४ असार । बझाङ्ग, रौतहट, डोटी, अछाम, गुल्मी, कञ्चनपुर र डोल्पामा सातजना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बझाङ्ग जिल्लामा एकबालक नदी पार गर्ने क्रममा बेपत्ता भएका छन् । लेकगाउँ­७ का मोतीराम चलाउनेका १५ बर्षीय छोरा कर्ण चलाउने यार्सागुम्वा संकलन गरी घर फर्कने क्रममा छिनी गार्डखोलामा बेपत्ता भएका हुन् ।
यता, रौतहटको भसेडवा­१ बस्ने रामचन्द्र ठाकुरको छोरा ३१ बर्षीय जयनारायण ठाकुरलाई पनि लालबकैया नदीले बगाएको छ ।
बाढीले बगाई ल्याएको दाउरा काठ निकाल्ने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ । उनको शव आज (मंगलबार) विहान साढे ६ बजे ईनरबारी­९, बकैया खोलाको किनारमा फेला परेको थियो ।
त्यसै गरेर, डोटीको गगुडा–३ का हीरासिंह बोगटीकी ४० बर्षीया पत्नी देबी बोगटीलाई पनि खोलाले बगाएको छ । रोपाई गर्ने खेतालालाई खाजा पुर्‍याउन जाने क्रममा उनलाई रैया गार्ड खोलाले बगाएको प्रहरी भनाई छ ।
उता, अछामको हिच्मा­५ मा ५० बर्षीय रतनबहादुर बुढालाई पनि खोलाले बगाएको छ । उनलाई तुनिखोलाले बगाई बेपत्ता बनाएको हो ।
त्यसै गरी, गुल्मीको बम्घा­२ का धर्मकली माझीलाई पनि माछा मार्ने क्रममा बढीगार्ड खोलाले बगाई बेपत्ता बनाएको छ ।
उता, कञ्चनपुरको चाादनी­६, सुर्खेती टोलकी ५२ बर्षीया कौशिला सुनारलाई महाकाली नदीले बगाएको छ । बाढीले ल्याएको दाउरा संकलन गर्ने क्रममा उनलाई नदीले बगाई बेपत्ता बनाएको थियो ।
डोल्पाको दुनई­३, रुपगाडस्थित खोला तर्ने क्रममा रुकुम आठबीसकोट­४ का २२ बर्षीय खिमबहादुर बिकलाई समेत खोलाले बगाई बेपत्ता बनाएको छ । (फाईल तस्विर)

प्रतिक्रिया