‘बैद्य, यादव नआएपनि निर्वाचन हुन्छ’

 

bamdev gautam

काठमाडौं, ४ असार । एमालेका उपाध्यक्ष बामदेब गौतमले कुनै दलले विरोध जनाएकै भरमा निर्वाचन स्थगित नहुने दावी गरेका छन् ।
काठमाडौंमा आज (मंगलबार) पत्रकारहरुसंग कुरा गर्दै गौतमले धम्की र विरोध गरे पनि मंसिर–४ गते संविधानसभाको निर्वाचन भएरै छाड्ने दृढता ब्यक्त गरे । निर्वाचन गराउनका लागि प्रमुख दलहरु लागेको बताए ।
‘जनता उठ्दा चुनावमा बादशाह त हारेका छन्,’ उनले भने, ‘निर्वाचनमा भाग नलिने आफै जनताको अघि जवाफदेहि हुनु पर्छ ।’
राष्ट्रको अस्तित्व नै संकटमा परेका बेला निर्वाचनको विरोध गर्नु राष्ट्रियता विरोधी काम भएको भन्दै उनले निर्वाचनमा अवरोध गरे सरकारले त्यसलाई दृढतापूर्वक प्रतिवाद गरेर हटाउने चेतावनी दिए ।

 

 

प्रतिक्रिया