एमालेद्वारा रौतहट घटनाको विरोध

umlकाठमाडौं, ३० जेठ । एमालेले रौतहटका दलित समुदायको वस्तीमा भएको सांघातिक आक्रमणको निन्दा एवं भत्र्सना गरेको छ ।
एमालेले आज (बिहीबार) विज्ञप्ति जारी गरेर रौतहटका दलित परिवारमाथि भएको आक्रमणको निन्दा एवं भत्र्सना गरेको हो । उसले दलित वस्ती माथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न माग पनि गरेको छ ।
जेठ–२४ गते पिपरिया–८ स्थित भिङ्डावार गाउँमा कथित गैरदलित समुदायले दलित समुदाय माथि सांघातिक आक्रमण गरेका थिए ।
आक्रमणबाट २० जना घाइते भएका थिए भने दलित समुदायकै ६५ भन्दा बढी घर र धारा, गोठ, शौचालयलगायतका संरचनाहरु ध्वस्त भएका छन् ।
‘दोषीहरुलाई कानून बमोजिम कारवाही गर्न, घाइतेहरुको उपचारको ब्यवस्था गर्न र पीडितहरुलाई क्षतिपूर्ति दिन नेपाल सरकारसमक्ष माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया