न्याय माग्दा उल्टै प्रहरीको कुटाई

943144_4184892400951_2010307371_nकाठमाडौं १९ जेठ । कमलरीको हत्या छानविनको माग गर्दै सिंहदरवार अगाडि धर्ना दिन गएका कमलरीमाथि प्रहरीले हस्तक्षेप गर्दा दर्जन बढि कमलरीहरु गम्भिर घाईते भएका छन् । ललितपुरमा घरमा काम गर्दै आएकी कमलरी सिर्जना चौधरीको हत्या छानविन गर्न माग गर्दै कमलरीहरु एक साता देखि निरन्तर आन्दोलनमा थिए । आज बिहान सिंहदरवार घेराउ गर्न जाँदा प्रहरीले हस्तक्षेप गर्दै अन्धाधुन्ध लाठी प्रहार गरेको कमलरीहरुले बताएका छन् । प्रहरीको लाठीप्रहारबाट १० जना कमलरीहरु बेहोस भएका छन् । उनीहरुको बीर अस्पताल र माईतिघरमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भईरहेको कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समितिका संयोजक फकला थारुले बताए । कैलालीकी सीता चौधरी, सुजता चौधरी, दाङकी उर्मिला चौधरी लगायत १० जना बेहोस भएका छन् ।
यसैविच नेपाल आदिवासी जनजाति महासंघले शान्तिपूर्ण कमलरी आन्दोलनमा सरकारले हस्तक्षेप गरी दमन गरेकोमा आपत्ति जनाएको छ । आज एक पे्रस विज्ञप्ती जारी गर्दै महासंघले कमलरी मागको सुनुवाई हुनुपर्ने भन्दै प्रहरी दमनमा घाईते भएका कमलरीहरुको उपचारको व्यवस्था तत्काल गर्न माग गरेको छ ।

प्रतिक्रिया