नेविसंघद्धारा विरोध जुलुस प्रदर्शन

nebishangकाठमाडौं १९ जेठ । स्वतन्त्र विद्याथी यूनियनको निर्वाचन स्थगनको विरोधमा नेपाल विद्यार्थी संघले आज विरोध जुलुस प्रदर्शन गरेको छ । आज विहान संघले देशभरका क्याम्पस अगाडि एक घण्टा चक्काजाम समेत गरेको थियो ।

आउँदो जेठ २३ हुने भनिएको स्ववियू निर्वाचन त्रिविले केही दिन सूचना जारी गर्दै स्थगन गरेको थियो । विद्यार्थी संगठनहरुबीचको बिवाद नमिलेपछि त्रिविले निर्धारित समयमा स्ववियू गर्न नसक्ने भन्दै स्थगन गरेको हो । नेविसंघले विद्यार्थी संगठनहरुबीचको विवादलाई देखाएर त्रिविले स्ववियू नै विघटन गर्न खोजेको आरोप लगाएको छ । स्ववियू स्थगनको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको संघले आज पहिलो दिन बिहान क्याम्पस अगाडि एक घण्टा विरोध प्रदर्शन गरेको थियो भने दिउँसो प्रदर्शनीमार्गमा रहेको विश्वभाषा क्याम्पस अगाडि बाट विरोध जुलुस निकालेको हो । जुलुस पुतलीसडक हुँदै त्रिचन्द्र क्याम्पसमा पुगेर सभामा परिणत भएको थियो । स्ववियू निर्वाचनको सुनिश्चिता नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको संघले भोली देशभर सरकारी गाडि चल्न नदिने, २१ गते त्रिवि उपकुलपति कार्यालय घेराउ गर्ने, २२ गते कुलपति समेत रहेका मन्त्रिपरिषद् अध्यक्षको पुतला दहन गर्ने र २३ गते उपत्यका बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । नेविसंघ प्रवक्ता यूपी लामिछानेले दुबै अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियूका कारण स्ववियू स्थगन भएको बताए । उनले विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउंदै लैजाने समेत बताए ।

प्रतिक्रिया