मलेसियामा आठ जना नेपाली अलपत्र

malesiyaराजविराज, ११ वैशाख । नेपाली दलाल र स्थानीय कम्पनीको लापर्बाहीका कारण सप्तरीका आठ जना युवा मलेसियामा अलपत्र परेका छन् ।
एक वर्षको तलवसहित महिना दिन भित्र सबैलाई नेपाल फर्काउने भन्दै दलालले उनीहरुलाई झठो आश्वासनसहित अलपत्र परेको पीडितहरुको गुनासो छ ।
मलेसियामा अलपत्र परेका यूवाका आफन्तले मंगलवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा एजेण्ट वेल्ही चपेना निवासी परशुराम यादव विरुद्ध उजुरी दिएपछि नेपाली युवा मलेसियामा अलपत्र परेको समाचार सार्वजनिक भएको हो ।
स्थानीय कम्पनीले नेपाली युवाको राहदानी जफत गरेर राखेको छ । दलाल परशुरामसँग एक महिना भित्र युवाहरुलाई नेपाल फर्काउने र एक वर्ष वरावरको तलव समेत वुझाउने लिखित सहमति भएको नायव उपरीक्षक श्यामसिंह चौधरीले जनाए ।
मलेसियामा अलपत्र पर्नेमा राजविराज नगरपालिका–८ का प्रमोदकुमार साह, ९ का रञ्जीतकुमार यादव, १० का राजेशचन्द्र यादव, जयनारायण साह, शिवशंकर प्रसाद शर्मा, भरतनारायण यादव, खडकपुर अमरैयाका जितेन्द्र साहु र बेल्ही चपेनाका गुलनारायण मुखिया छन् ।
दलाल परशुराम मार्फत काठमाडौंस्थित सुभाष ह्युमन रिसोर्सेस (प्रा) लि. बाट उनीहरु मलेसियास्थित ‘ताई सन लिम कि फुड्स इण्डस्ट्रिज’ पुगेका हुन् ।

प्रतिक्रिया