अनशनकारी तिवारी अस्पताल भर्ना

राजविराज, २७ चैत । भ्रष्टाचारको अन्त्य, मधेसमा लोकसेवा आयोगका शाखा कार्यालाय स्थापना लगायत १० वुंदे माग राखेर सप्तरीमा आमरण अनशन वसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकासकुमार तिवारीलाई स्थानीय प्रशासनले उपचारका लागि अस्पताल भर्ना गरेको छ ।
आमरण अनशनको १२ औं दिन सोमवार राति प्रहरीले तिवारीलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेको हो । चैत १५ गते देखि आमरण अनशनमा बसेका कारण स्वास्थ्यमा गम्भीर समस्या भए पछि तिवारीलाई अस्पताल भर्ना गरिएको सप्तरीका एसपी सञ्जयसिंह वस्नेतले जानकारी दिए ।

प्रतिक्रिया