प्रध्यापक र कर्मचारीको आन्दोलन विरुद्ध विद्यार्थी

Rampur-Campusचितवन, २५ चैत । चितवनस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसका विद्यार्थीले राजनीतिक हस्तक्षेप अन्त्यको माग गरेर रिले अनशन सुरु गरेका छन् । उनीहरुले नियमित पठनपाठनको माग पनि गरेका छन् ।
वि.एस्सी. भेटनरी छैटौं संकायका केशव भट्ट र राजेश लामा नेतृत्वमा दर्जनौं विद्यार्थीले क्याम्पसमा राजनीति नगर्न माग गरेर अनशन सुरु गरेका हुन् । डिनको कार्यालय अगाडि विद्यार्थी विहानै देखि अनशन बसेका छन् ।
क्याम्पसमा अध्ययनरत विनोद सुनारले राजनीतिक नियुक्ति र हस्तक्षेपका कारण आफ्नो पढाईमा समस्या आएको गुनासो गरे । उनले राजनीतिका कारण क्याम्पस सधै बन्द रहेमा विद्यार्थीको भविष्य अन्धकार हुने उल्लेख गरे ।
तलब नपाएको भन्दै प्रध्यापक र कर्मचारी आन्दोलित बने पछि विद्यार्थीले प्रतिकार सुरु गरेका हुन् । विद्यार्थीले बन्द क्याम्पस तत्काल खोल्न आग्रह गरेका छन् । क्याम्पस तत्काल नखोलिए प्रध्यापक र कर्मचारी विरुद्ध कडा आन्दोलन गर्न चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया