चुनाव असारमै गराउनु पर्छ: गौतम

चितवन, २१ चैत । एमालेका उपाध्यक्ष बामदेव गौतमले सरकारले असारमै चुनाव गर्ने गरेर मिति घोषणा गर्न माग गरेका छन् ।
चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले चुनावका बारेमा सरकार स्पष्ट हुनुनपर्ने बताए । चुनावी वातावरण बनाउने काम दलहरुकै रहेको उल्लेख गरेका उनले भने, ‘आफू वतावरण नबनाउने अनि त्यसै सरकार रुष्ट छौ भन्दै हिड्न पाईदैन् ।’
असारमा निर्वाचन गर्न सकिँदैन भनेर अहिल्यैसम्म कसैले पनि नभनेको नेता गौतमका दावी छ । उनले भने, ‘निर्वाचनका लागि आवश्यक तयारी निर्वाचन आयोग र सरकारले नै गर्नुपर्छ ।’

प्रतिक्रिया