रोल्पामा एकल महिलाले पनि मनाए होली

Eakal-Mahilaरोल्पा, १३ चैत । रोल्पा जिल्लाका द्वन्द्वपीडित एकल महिलाहरुले परम्परागत सामाजिक संस्कारलाई चुनौती दिएर आज सामूहिक रुपमा होली पर्व मनाएका छन् ।
मानवअधिकारका लागि द्वन्द्वपीडित एकल महिला सञ्जालले लिवाङमा आयोजना गरेको होली विशेष कार्यक्रममा उनीहरुले परम्परागत संस्कारलाई तोडेर रङ र अविरको पर्व होली मनाएका हुन् ।
परम्परावादी संस्कारले महिलाहरुलाई अपमानित गरेकाले पुरानो संस्कारको पर्दाफास गर्न आफूहरुले रातो टीका लगाएको एकल महिला सञ्जालकी अध्यक्ष तुला वलीले बताइन् ।
रोल्पामा रातो रङ जनजाति समुदायमा भेदभाव छैन । अन्य समुदायमा भने एकल महिलाले रातो रङ लगाउनु हुँदैन भन्ने मान्यता कायम छ ।
एकल महिलाहरुले रातो रङ, रातो कपडा, चुरा पोते जस्ता वस्तुहरु प्रयोग गर्नु हुँदैन भन्ने धार्मिक संस्कारलाई होली पर्वका दिन रातो टीका लगाई अन्त्य गरेको उनीहरुले बताए ।

प्रतिक्रिया