‘एमालेको बहुमत नहुँदा संविधानसभा विघठन’

Shankar-Pokharelदाङ, १२ चैत । एमालेका सचिव शंकर पोखरेलले विगतमा एमालेको बहुमत नभएकै कारण संविधानसभा विघठन भएको दाबी गरेका छन् । उनले माओवादीको गलत सोंच र चिन्तनका कारण संविधानसभा विघठन भएको बताए ।
गृह जिल्ला दाङको घोराहीमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव पोखरेलले आगामी निर्वाचनमा स्पष्ट नीति र कार्यक्रमका साथ एमाले चुनावी मैदानमा उत्रने बताए । ‘यस पटक एमाले स्पष्ट नीतिका साथ चुनाबमा होमिन्छ,’ उनले भने ।
उनले माओवादी गलत रणनीतिका कारण मुलुकले पटक–पटक समस्या भोगेको बताए । अब एमालेको नेतृत्व एमालेकै नीति भन्ने मुल नाराका साथ चुनावी प्रचार–प्रसारमा लाग्ने पोखरेलको भनाई छ ।
यसैबीच, सचिव पोखरेलले आगोसँग खेल्न पार्टीमा बलिया ‘डन’ र युवा नेताहरु प्रवेश गराएको बताएका छन् । वाइसिएललाई आगोको संज्ञा दिएका उनले भने, ‘युवा संघका नेताहरु बलिया ‘डन’ हुन् ।’
‘आगोको आतंक बन्द गर्न बलियाहरुलाई पार्टीमा ल्याएका हौं,’ उनले भने, ‘युवा संघले जनताका लागि काम गर्छ ।’
पर्शुराम बस्नेतको बचाउन गरेका सचिव पोखरेलल बस्नेत गुन्डा नभएको बताए । ‘युवा संघका नेता कार्यकर्ता गुन्डा र अपराधी होइनन्,’ उनले भने, ‘अपराधी र गुन्डा हुन् भने कारवाही गर्नुस् ।’

प्रतिक्रिया