कर्मचारी युनियनले चुनाव हुन नदिने

sarkar logoकाठमाडौ, ५ चैत । नेपाल निजामती कर्मचारी युनियनले आफूहरुका माग पुरा नभए निर्वाचनमा असहयोग गर्ने चेतावनी दिएको छ ।
माग पुरा हुने गरेर राष्ट्रपति समक्ष पेश अध्यादेश छिटो स्वीकृत गर्न दवाव दिएको छ । ‘माग पुरा नभए निर्वाचन हुँन दिँदैनौं,’ युनियनको चेतावनी छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर युनियनले राष्ट्रपति समक्ष रोकिएर रहेका अध्यादेश तत्काल स्वीकृत गर्न माग गरेको हो । ‘अध्यादेश स्वीकृत नभए अव हुने निर्वाचन बहिस्कार गर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
युनियनले निजामती सेवा ऐन अनुसार दफा २४ (घ) को (१) अनुसार वढुवा भएका र स्वास्थ्य सेवा ऐन अनुसार स्तरबृद्धि भै पदभार पाएका कर्मचारीको व्यवस्थापन गरी बढुवा प्रणालीलाई व्यवस्थित बनाउन माग गरेको छ ।
युनियनका अध्यक्ष सुवोध देवकोटाले निजामती कर्मचारीको मागलाई सम्बोधन नगरी चुनावको दिवास्वप्न नदेख्न आग्रह गरे ।

प्रतिक्रिया