मुलुक भरिका निजी विद्यालय बन्द

School 1काठमाडौं, २१ फागुन । सत्तारुढ एमाओवादी निकट अनेरास्ववियु (क्रन्तिकारी)ले आज मुलुक भरिका निजी विद्यालय बन्द गराएको छ ।
विद्यालयको पठन–पाठन बन्द हुँदा मुलुक भरिका करीव ७० लाख भन्दा बढि विद्यार्थी प्रभावित भएका छन् । विद्यालय बन्द भए पछि परीक्षा समेत प्रभावित भएका छन् ।
निजी विद्यालयमा संगठन खोल्न पाउनु पर्ने भन्दै अखिल क्रान्तिकारीले विद्यालय बन्द गराएको हो । अखिल क्रान्तिकारीले जसरी पनि निजी कलेजहरुमा संगठन खोल्ने जनाउँदै आएको छ भने सञ्चालहरुले विरोध गर्दै आएका छन् ।
यस अघि आइतबार निजी विद्यालय सञ्चालकहरुले भौतिक आक्रमणमा उत्रिएको अखिल क्रान्तिकारीका दोषी कार्यकर्तालाई कारबाही र सुरक्षाको माग गरेर विद्यालय बन्द गराएका थिए ।

प्रतिक्रिया