सर्वोच्चद्वारा लिखित जवाफ माग

Sarbochhaकाठमाडौं, १३ फागुन । सर्वोच्च अदालतले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री नबनाउन परेको रिटका सम्बन्धमा विपक्षीहरुसँग लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश सुशीला कार्कीको एकल इजालासले बिपक्षीहरुलाई फागुन–२२ गतेभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । सर्वोच्चले फागुन–२४ गते हुने सुनुवाईमा २ वा सो भन्दा बढी न्यायाधीशले बहस सुन्ने गरी इजलाश बस्ने निर्णय पनि गरेको छ ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने दलहरुको निर्णय विरुद्ध अधिवक्ता भरणतमणि जंगमले रिट दाय गरेका थिए ।

प्रतिक्रिया