चितवनमा स्कुटर चालकको मृत्यु

चितवन, २६ माघ । चितवन जिल्लामा बोलेरो जीपको ठक्करवाट रामबहादुर श्रेष्ठको मृत्यु भएको छ ।

भरतपुर नगरपालिका–६, लंकुमा आज साढे ११ वजे बोलेरो जीपले ठक्कर दिँदा स्कुटर चालक शारदानगर निवासी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शारदानगरवाट नारायगढतर्फ जाँदै गरेको ना ९ प ६६६२ नम्बरको स्कुटरलाई विपरित दिशावाट आउँदै गरेको ना २ च ४३७९ नम्बरको बोलेरो जीपले ठक्कर दिएको हो । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा वाटोमा मृत्यु भएको थियो ।
स्कुटरको पछाडि बसेकी श्रेष्ठकी पत्नी विष्णुमायाको चितवन मेडिकल कलेजमा उपचार भएको छ । उनको अवस्था समान्य छ ।

प्रतिक्रिया