आमाले दुई छोरी बचाउन सकिनन्

भक्तपुर, २२ पुस । भक्तपुर जिल्लामा आगलागी हुँदा सुतेका दुई छोरीसहित आमाको मृत्यु भएको छ । सुतेका दुई छोरीलाई बचाउन तेस्रो तलामा पुगेकी आमासहित दुई छोरीको जलेर मृत्यु भएको हो ।
भक्तपुर नगरपालिका वडा नम्वर १ सूर्यमढीस्थित तौलाछेमा शनिबार मध्यराति आगलागी हुदाँ आगोमा जलेर आमा लक्ष्मीकेशरी प्रजापति, छोरीहरु पार्वती र सजना प्रजापतिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्की छोरी सृजना केशरी प्रजापति भने बाँच्न सफल भएकी छन् ।
तेश्रो तल्लामा सुतेका पूर्णभक्त र सृजना आगो लागेको थाहा पाए लगत्तै घर बाहिर निस्केका थिए । आमा लक्ष्मी छोरीहरुलाई बचाउन तेस्रो तलामा पुगेकी थिईन् ।
आगोको लप्कामा परेकी लक्ष्मी केशरीले घरको झ्यालबाट बचाउँन आग्रह गरेकी थिईन । आगोका कारण उनीहरुलाई बचाउन नसकेको छिमेकीहरुले बताए ।
आगो आज विहान मात्रै नियन्त्रणमा आएको थियो । भक्तपुर, काठमाडौं, ललितपुर र प्रहरीको सातवटा दमकल, भक्तपुर र ठिमीका सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका हुनु ।
आगलागीबाट घरका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगलागीबाट करिव २० लाख रुपियाँ बराबरको क्षेति भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

प्रतिक्रिया