महिलाहरूबारे विद्वान्हरूले बडो राम्रो सुन्दर अभिव्यतिहरू दिएको पाइन्छ । धर्म शास्त्रहरूमा त झनै उच्चकोटिको सामाजिक मान्यताको साथ बढाइचढाइ गरी चर्चा गरको पाइन्छ । यतिसम्म उल्लेख गरेको पाइन्छ कि देवी, कुलवंश रक्षक शक्ति स्वरुपणी भनी विशेष चर्चा गरिएको छ । यस्ता शतिmका प्रतीकहरूमाथि आज घोर अपमान र हिंसाका घटनाहरू भइरहेका छन् । कुनै पनि सञ्चार माध्यममा महिलामाथि भएको बर्बरतापूर्ण जंगली हिंसाको समाचार र दुखद घटना नभएको कुनै दिन छैन । यो एक्काइसांै शताब्दीमा आइपुग्दा पनि मानव जाति किन सभ्य मानव हुन सकेनन् ? यसका पछाडि के कस्ता कारणले भूमिका निर्वाह गरिरहेको छ ? घोत्लिने बेला आएको छ । सभ्यता भनेको भौतिक विकास मात्र होइन रहेछ । मानवीय मूल्य मान्यता पनि साथै विकास भएर आउनुपर्छ । यसै आधारमा बुँदागत रूपमा उल्लेख गर्न सकिन्छ ।
(क) समाजमा अहिले उपभोगवादी चरम अमानवीय, नीच स्वार्थ र व्यक्तिकेन्द्रित संस्कृतिले स्थान ओगटेको छ । हालको विश्वमा निकम्मा दलाल पुँजीवादी साथै साम्राज्यवादी र प्रभुत्ववादीहरूको अगुवाईमा व्यापकता छाएको छ । यसको अर्थ महिलाहरूको शरीरमाथि तिनको आफ्नो अधिकार छैन । अविकसित असभ्य मानसिक धरातल ठिक नभएका पुरुषहरूको मातहतमा छ । महिलाहरूको श्रमको अधिकार उनीहरूको हातमा छैन । अधम श्रमका कथित मालिकहरू ती महिलाहरूको श्रम पसिनाको मालिक बनेका छन् । महिलाहरूको सम्पत्तिमाथि पनि लिखित अधिकार छ । यथार्थमा भौतिक सम्पत्तिमाथि अधिकार छैन । महिलाहरूलाई थोत्रे, निकम्मा, धर्मशास्त्रहरूका बँुदाहरूले पनि गम्भीर असर
पारेको देखिन्छ । यसरी महिलाहरूको आधारभुत बाँच्ने अधिकारमाथि अपमानका साथ धावा बोलिएको मात्र होइन कि व्यवहारमा समेत प्रत्यक्ष देखिएको छ । घरधन्दादेखि लिएर कार्यालय, उद्योग व्यवसायको चौहदीभित्र महिलाहरू कुनै न कुनै तवरले उत्पीडनमा परिरहेका छन् । अब यी सबै उत्पीडनका विरुद्ध जागरुक हँुदै हरेक सचेत र सभ्य नागरिक एकजुट भएर उचित सम्बोधनका लागि आवश्यक कदम उठाउनुपर्छ ।
(ख) महिलाहरू वैवाहिक साथै यौनिक आधारमा पनि खुबै उत्पीडनमा परिरहेका छन् । यसो हुनका पछाडि यो विकसित मानव सभ्यतालाई सभ्य र सुसंस्कृत विषय र कुराहरूले आजका मानव जातिको दिमाग र दिल अलिकति पनि छुन सकेन । महिलाहरू मात्र भौतिक वस्तु हुन । उनीहरू जे जस्तो रूपमा भए पनि भोग्य हुन भन्ने गरिन्छ । आजको विकसित सञ्चारका साधनले पनि यही कुरालाई बलात बढावा दिइरहेको छ । वैज्ञानिक भौतिक धरातल, वैवाहिक र यौनिक आम क्षेत्रलाई असर पारिरहेको छ । असर यो अर्थमा कि विवाह यौन जंगली विषय हो । यस विषयलाई अवैज्ञानिक, शरीर विज्ञानभन्दा पर, अव्यवहारिक समाजभन्दा पर अमर्यादित पशुत्वको आधारमा यौनलाई आमरूपमा सञ्चार क्षेत्रमा स्थान दिइनुले यी सब घटित घटनाको हिस्सेदार भएको देखिन्छ ।
(ग) संस्कृति आजकाल बिथोलिएको छ । भौतिक वस्तुमाथिको बढी हैकम जसले संचालन गर्छ त्यही व्यक्ति बाठो, जान्ने, सुन्ने र महान् ठानिन्छ । ठग, चोर प्रवृत्तिले बढावा पाएको छ । भन्नुको तात्पर्य भौतिक वस्तुको हेराइ र भोगाइमा कुसंस्कृतिले प्रभाव दिइराखेको छ । यसैसँग जोडेर व्यक्तिकेन्द्रित सोचाइ बोकेका तत्वहरू आममहिलालाई वस्तुको रूपमा हेर्छ । पशुत्व धरातलदेखि तल गिरेका आफूलाई कथित पुरुष ठान्नेहरूले त झन् महिलाहरूलाई निकृष्ठ यौनिक वस्तुको रूपमा ठान्छन् । कतिपय पुरुषहरू त यति तल गिरेर व्यवहार प्रर्दशन गर्छन् कि अर्काकी पत्नी, प्रेमिकालाई तेरो होइन मेरो भनी जंगली हिंस्रक बनी तँछाडमछाड समेत गरिरहेका छन् । यो नीच प्रवृत्ति रोक्न हरेक मानिसको साँेच र दृष्टिकोणमा आमूल परिवर्तनको खाँचो पर्छ ।
(घ) समाजमा यौनबारे गलत बुझाई रहेको छ । भन्नुको तात्पर्य यस क्षेत्रको पूर्वेली सभ्यता संस्कृतिले दिएको व्याख्यालाई नयाँ विकसित सोचाइ र अवधारणाले छप्पक ढाकीसकेको छ । अझ यसलाई वैज्ञानिक आविस्कारका विकसित सञ्चारका साधनहरूले दिनानुदिन सहज र सरल बनाई दिएका छन् । चलचित्र, तस्बिरहरूले सतहमात्र बोलेको यो पुस्ताका मानव जाति बुझ्छन् । मानसिक जगत्मा त्यस्ता तस्बिरहरूले के कस्ता असर छाड्छ भन्ने कुरा आमनागरिकले बुझ्न सक्दैनन् । सीधा– सीधा कुरा मात्र उनीहरूले बोध गर्छन् । अर्को पक्ष भन्नुपर्दा सञ्चारका साधनलाई आजको युवा पुस्ताले गलत रूपमा प्रयोग गरिरहेका छन् । यी कारणले हाम्रो समाजमा पनि यौनसँग सम्बन्धित हिंसा र घटनाहरू बढ्दै गइरहेका छन् । अब, यस्तो अवस्थाबाट समाजलाई बच्न र बचाउनका लागि कठोर कदम चाल्न आवश्यक देखिन्छ ।
माथि उल्लिखित विषयबाट के स्पष्ट हुन्छ भने महिलाहरूमाथि भइरहेका र हुने हिंसाका आधारभूत कारण तिनै हुन । ती कारणलाई निराकरण गर्नका निम्ति सिंगो राज्यशक्ति र जिम्मेवार राजनीतिक दलहरू गम्भीर हुन आवश्यक छ । गम्भीर यो अर्थमा कि आम शिक्षा नीतिलाई आमूल परिवर्तनुका साथै संविधान र ऐन कानुनमा हदैसम्मको दण्ड सजायको व्यवस्था हुनुपर्छ ।
शिक्षामा आमूल परिवर्तन भन्नाले श्रम पसिनालाई ईश्वरीय शतिmको रूपमा स्थापित गर्नुपर्छ । साथै वैज्ञानिक आधारमा शरीर विज्ञानमा यौन र विवाहबारे विशेष जानकारी दिइनुपर्छ । भौतिक वस्तुलाई मानसिक जगत्मा उचित ढंगले बुझ्ने र भोग गर्ने समाजवादी चिन्तन र परम्परालाई बढावा दिँदै व्यक्तिकेन्द्रित गलत सोचाइलाई समाजकेन्द्रित नैतिक शिक्षाका रूपमा विकास गरिनुपर्छ । छोटकरीमा आजको आवश्यक शिक्षानीतिमा यिनै कुरा माथि विशेष जोड दिएको खण्डमा आज समाजमा भइरहेका अपराध, हिंसा, लुटका घटनाहरू न्यूनीकरण गर्न सहज हुनेछ ।
माथि भनिएझैँ शिक्षामा परिवर्तन गरेपश्चात् पनि कतिपय मानिसहरूको आपराधिक विशेषता समुल नष्ट हुँदैन । त्यस्ता समाज बिथोल्ने हानिनोक्सानी पुर्याउने असामाजिक तत्वहरूलाई तह लगाउनुपर्छ । एउटा नेपाली उखान पनि छ ‘बातले नम्मानेलाई लात लगाउनु पर्छ ।’ यही पुख्र्यौली महावाणीलाई प्रयोगमा ल्याउनुपर्छ । तब, मात्र समाजअगाडि बढ्नको लागि बाधा अड्चन र तगाराहरू स्वत: हटेर जानेछन् । सभ्य र सुन्दर न्यायले भरिभराउ मानव समाज बन्नेछ । यस्तो समाजलाई नै विकसित समाजवादी समाज भन्न सकिनेछ ।
बालबालिका र महिलाहरूमाथि हिंस्रक बन्ने जो कोहीलाई मृत्युदण्डको अदालति बन्दोबस्त र न्यायिक प्रणाली बनाइनुपर्छ । राष्ट्रिय सम्पत्ति अर्थात् जनताको आम सरोकार राख्ने भौतिक वस्तुमाथि लुटपाट, भ्रष्टचार गर्ने र मानव जगत्माथि आँच पुर्याउने भ्रष्टहरूलाई मृत्युदण्डको न्यायिक व्यवस्था तर्जुमा गरिनुपर्छ । यति व्यवस्था न्याय क्षेत्रमा व्यवस्थित गर्दा पनि वर्तमान अवस्थामा हुँदैआएका असल र खराब पक्षहरूको उजागर र नियन्त्रण अवश्य हुनेछ । भन्नुको अर्थ महिला माथिको अन्याय, अत्याचार, हिंसा, बलात्कार मात्र होइन कि यो समाजमा भइरहेका सम्पूर्ण दुखद घटनाहरूको अन्त हुनेछ । सँगै उन्नत र विकसित समृद्ध समाज बन्नेछ । मानवतामा आधारित सुन्दर समाज निर्माण हुनेछ ।
प्रतिक्रिया