स्वर्ग जाने बाटो !

०५५ साल जेठ । राजधानीमा नौलोपौलो म । बसाइ थियो बूढानीलकण्ठ नारायणथानस्थित एक डेरावाल गाउँलेकोमा । उनका छोरा करिब–करिब मेरा दामलीका थिए । उसका साथीहरू प्नि त्यस्तै । उनीहरू त सहरमै खाइखेलेका । म भने हाँसको बथानमा बकुल्लोजस्तो हुन्थेँ हरेक कुरामा । उनीहरू मलाई के–के भनेर जिस्क्याइरहन्थे । टेलिफिल्म हेर्दा पनि म बिल्लाको पात्र नै हुन्थेँ । एउटा फिल्ममा गाउँबाट सहर पसेको हरि ‘ह्यारी’ भएको हुन्छ । उसको लवाइ, हिँडाइ, बोलाइ सब बेग्लै । सहरको हावाले छोइसकेको । मलाई पनि भन्थे, ‘अब यो नि ‘क्याम्स’ हुन्छ ।’
ती गाउँलेका छोरा मलाई पनि सँगै लिएर हिँड्थ्यो । घरमा गाईजस्तो देखिने ऊ बजारमा निस्केपछि भने बिरालोको रूप धारण गरिहाल्थ्यो । उसका साथीहरू सिपी खोज्न आएका हुन्थे । सिपी त समुद्रमा पो पाइन्छ । तर, उनीहरू यो होइन अर्कै सिपीको तलासमा हुन्थे । चुरोट उर्फ उनीहरूको कोड भाषाको सिपी अर्थात् क्यान्सर पाइप । यसको धुवाँ फोक्सोको पर्यटक हो । पैसा खर्चेर डुलाउनुपर्ने यो भिआइपी पर्यटक †
जति तान्यो उति छोटो हुने यो ‘पी’ । उनीहरू सूर्य चुरोटलाई यसरी छोट्याउँथे । हिरोले जस्तो पोज गरेर तान्न अभ्यस्त ठिटाहरू । सरर तान्यो, घुटुक्क निल्यो अनि नाकबाट फुरुरु फाल्यो । कसले सग्लो मुस्लो छोड्ने भन्ने प्रतिस्पर्धा नै चल्थ्यो । चिम्नीजस्ता तिनका नाक । मास्तिर फर्काइदिनुपर्ने । बर्सात्मा पानी पस्ला फेरि । त्यसमा एउटा छाता पनि ओढाइदिनुपर्ला ।
चुरोटको गन्ध घरसम्म पुग्नबाट रोक्नका लागि औषधि थियो सोलो चकलेट । चकलेट भने मैले पनि भेट्थेँ । अब, मैले चकलेटको मूल्य उठ्ने गरी काम पनि गर्नै पर्‍यो ।
‘यत्ति त गर्दिन्छ नि क्याम्स ब्रोले ।’
मुख सुँघि दिनुपर्ने । अहिले मापसेवालालाई ट्राफिकले गराउँछ नि त्यस्तै । ओहो कोक्याउने हस्को † म बोको भएको भए आकाशतिर हेरेर नाकमुख कुच्याइरहेको हुन्थेँ होला । मैले ‘ठीक छ’ भनेर लालमोहर लाइदिएपछि ती घरमा गाई भइहाले ।

‘आज त ब्रोलाई नि लाने हो कि †’
उनीहरू गलल्ल हाँसेपछि मैले बुझिहालेँ आज पनि यिनीहरू मलाई जिस्काउँदै छन् । तैपनि, सोधेँ, ‘कता ?’
‘तँ मूला देखेरै डराउँछस् होला के †’
फेरि हलल हाँसे । ममा भने कुतुहलता बढ्यो । मेरो सातो फाल्ने क्षमताको त्यो के चीज होला ?
एउटाले भनिहाल्यो, ‘भालु हान्न भन्दे न ।’
फेरि उही ब्रान्डको हाँसो । उसले भन्दे भनेरै भनिसकेको थियो । म फेरि अलमलिएँ । यो सहरमा भालु खोज्न कहाँ जाने होला ? सायद, शिवपुरीको जंगलतिर । त्यहाँ त मृग पनि पाइन्छ रे †
‘कहाँ पाइन्छ र भालु ?’
‘क्याम्स भइसक्यो, ब्रोलाई केही था’छैन । सके वनको भालु सोच्या होला यसले ।’
मेरो कुतूहलता झन् चुलियो । के घरमा पनि भालु पाइन्छ ? पछि पो बुभेँm यसको गुह्य । उनीहरूले मुखै घुर्‍यान हुने गरी विवेचनात्मक उत्तर दिएपछि बल्ल मेरो घैँटामा घाम लाग्यो ।
‘कुरो बुझिहालिस् जान्छस् होला नि †’
लाजले लज्जावन्ती झारै भएँ नि म त । नवदुलही भैँm शर्माएर भनेँ, ‘मलाई त आउँदैन ।’
‘भरे सिकाइदे न ब्रोलाई ।’ फेरि हाँसोको उही पर्रा । म साँँच्चै उनीहरूका लागि खेल्ने कुरोजस्तो भएको थिएँ ।

पाहुना लागेका रहेछन् गाउँबाट । फ्ल्याटै लिएको भए पनि धेरै पाहुनालाई के पुग्थ्यो । ऊ, म र अरू तीनजना केटाहरू बैठक कोठामै सुत्नुपर्ने भयो । ती केटाहरू पनि पाहुना नै थिए । टिभी कार्यक्रम हेरिसकेपछि परिवारका सदस्यहरू र पाहुनाहरू पनि लाखापाखा लागे सुत्न । हामी पनि सुत्यौँ ।
केही आवाजले मेरो निद्रा खुल्यो । यसो हेर्छु त मेरी बास्सै, म कसरी वर्णन गरूँ ? एउटी गोरिनीको लाजको गहना गोरेको गहनामा चिप्लेटी खेल्दै थियो । सृष्टिका यन्त्रहरू मजैसँग जुधिरहेका थिए । आँखा तन्काएँ । टिभीको मधुरो उज्यालोमा केटो घडी मर्मत गर्न लागेभैँm एकतमास आँखा पसारहेको रहेछ मलाई देखेन । ऊ, कसैले थाहा नपाउन भन्ठान्थ्यो । त्यसैले त मध्यरात चुन्यो, टिभी भएको कोठामा सुत्न पाएको मौकामा हानेको चौका । म त त्यसै पनि अत्यासिएको थिएँ । डरले होइन बढी रोमाञ्चित भएर ।
‘त्यति सुन्दर गहनालाई डरलाग्दो भन्ने मूलाहरू †’ मनमनै अस्तिको बदला लिएँ ।
बिपीको भाषामा ‘कुरुङकुरुङ गर्ने कलिलो काँक्रो’ जस्तो सलक्क परेको उसको जिउमा मेरा आँखाहरू नाचिरहे कहिले तल कहिले माथि । धेरैजसो तल । बर्जित फल देख्न पाउनु जो–कसैको लागि अहोभाग्य हुन्छ । मभित्रको लोग्नेमान्छे जुरुकजुरुक भइरहेको थियो । ऊ बाहिर निक्लिन बल गथ्र्याे तर मैले उसलाई सम्झाइबुझाइ गरेँ । केटाकेटीलाई भए पो बाबुलाई चकलेट किन्दिन्छु भनेर फकाउनु ? मान्दै नमान्ने भन्या । कराँतेको रेफ्रीले भैँm ‘हउस्’ भनेर उसलाई तहमा राखेँ । उता टिभी सुम्निमामा भिल्ल युवकको तातोमा पीडा र आनन्दको एकसाथको भोगमा परेर पुलोमाभैँm सुसाइरह्यो—‘अह् अह्…, अह् अह् †’ तर नरम, कोइलीको स्वरजस्तो । कानै पवित्र पार्ने लयबद्ध धुनजस्तो ।
मेरो आँखा नअघाउँदै टिभीको दृश्य बन्द गरेर ऊ बाहिर निस्कियो । कसैले पत्तो नपाऊन् भनी उसले ढोका पनि बिरालोको चालमा खोल्यो पल्याकपुलुक हेर्दै । टिभीको पर्दा नीलाम्मे भयो । कवि भूपी शेरचनका नीला सर्पहरू दुलातिर पसे सायद † भैँसी देखेर जोगी डराउने र जोगी देखर भैँसी डराउने प्रक्रिया सकियो । घर्‍याक्क ढोका उघारेको सुनेँ । चर्पीको हुनुपर्छ । केही बेर लगायो । पिसाब फेरेको भए त दुई मिनेटमै फर्किनुपर्ने हो ।
आँखामा नाचिरहेका ती नायकनायिका अब मेरो मनमा नाच्न लागे । हिरामोतिभन्दा बढी मोलका ती–ती नायिकाका गहनाहरू । नारी साँच्चै सुन्दर छन् । ती बाहिर गहनैगहनाले झरिझुट्ट हुन्छन् भने भित्र पनि उस्तै गाउँदेखि बेँसीसम्मै । त्यो नायकको गहना पनि सायद मलाई जस्तै लाग्ला युवतीहरूलाई । गौतम ऋषिद्वारा श्रापित इन्द्रको जीउमा भैँm योनी नै योनी उम्रिए म के गरुँला ? अरू के गर्लान् ? त्यसको महत्त्व हुन्छ कि हुन्न होला ? मसँग भा’को तिमीसँग नभा’को, तिमीसँग भा’को मसँग नभा’को, त्यै भएर माया ला’को भन्ने शाम्दे शेर्पालाई म कसरी गलत भनूँ ? अनि ती गोरेगोरेनी माया लाउँदै छन् कि छैनन् ? सबले देख्ने गरी माया लाउने हो त ? अर्काको मनमा कत्रो भुइँचालो गयो र ?
जति आँखा चिम्लन्छु उति नै नाच्छन् ती लुगाभित्र हुनुपर्ने गहनाहरू । मभित्र रौसिएको मान्छे थपडी बजाउन लाग्छ । हुने भए उनीहरूसँगै नाचुँला भैँm गर्छ ।
त्यस्तै पाँच मिनेटपछि मात्र ऊ कोठामा झुल्कियो । ऊ फर्किंदा पनि बिरालो नै बनेको थियो मानौँ हामी मुसाहरू सुतिरहेका छौँ । पर्याप्त उज्यालो भएको भए मैले उसको सन्तुष्ट अनुहार पनि हेर्न पाउँथे । जेहोस् कल्पिएँ ऊ टन्न अघाएको छ ।
मैले निदाए भैँm फ्वाँ–फ्वाँ गरेँ । टिभी बन्द गरेर ऊ पनि सुत्यो । तर, यता मेरो मन भने जाग्याजाग्यै । पिटर जे कार्थकको शब्दमा ‘स्वर्गको बाटो’ देखाइदिने उसलाई किर्पेमा खाँदीखाँदी धन्यवाद †

प्रतिक्रिया