‘जनयुद्धका नायक पछि खलनायक’

काठमाडौं, १४ पुस । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका नायकहरु शान्ति प्रक्रियामा आएपछि खलनायक भएको आरोप लगाएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले खलनायकहरुकै कारण जनयुद्धबाट प्राप्त उपलब्धि संस्थागत गर्न नसकिएको दाबी गरे । यद्यपि उनले अहिलेका खलनायक को को हुन् स्पष्ट पारेनन् ।
‘जनयुद्धका नायकहरु शान्ति प्रक्रियामा आए पछि खलनायक हुन्छन् भनेर कसैले सोंचेका थिएनन्,’ उनले भने, ‘त्यसको हिसाब किताव चाँडै हुँन्छ ।’
नेपालको राजनीतिक परिर्वतनमा जनयुद्धको भूमिका महत्वपूर्ण भएको उनको दाबी छ । ‘नेपाल राष्ट्रको अपुरो सपना पुरा गर्न अब नयाँ सोंचका साथ अगाडि बढ्नु पर्छ,’ उनले भने ।
कम्युनिष्टहरुले आफ्नो बिचारसँग बिमती हुनेहरुलाई दलाल, गद्धार भन्ने आरोप लगाउने गरेकै कारण कम्युनिष्ट पार्टी स्वयंलाई क्षति पुग्ने गरेको अध्यक्ष दाहालको भनाई छ ।

प्रतिक्रिया