एयरपोर्टबाट फर्किए राजेश

काठमाडौं : उपत्यका बाहिर जानका लागि भनेर हिँडेको अभिनेता राजेश हमाल विमानस्थलबाट त्यसै फर्किएका छन् । इटहरीमा चलचित्र पल्टनको च्यारिटी गर्न भनेर शनिबार बिहान त्रिभुवन विमानस्थल पुगेका हमाल दिनभर विमानस्थलको कुराइपछि साँझ फर्किएका हुन् ।
अनाथ बालबालिकाको सहयोगार्थ इलाममा आइतबार चलचित्र पल्टनको च्यारिटी सोको आयोजना गरिएपछि उक्त कार्यक्रममा सहभागी हुन निर्माता विक्रम शाह र नायक हमाल बिहान १०:३० मा त्रिभुवन विमानस्थल पुगेका थिए । समयमै विमानस्थल पुगे पनि मौसमका कारणले विराटनगर जाने उडान नहुँदा उनीहरू दिनभर विमानस्थलमै रहेका थिए । बुद्ध एयरको विमान विराटनगर हुँदै इलाम जान लागेका हमाल शनिबार साँझ ४ बजेतिर विमानस्थलबाट फर्केका थिए । विमान स्थलबाट त्यसै फर्कनु परेपछि आइतबार हुने भनिएका चलचित्रको च्यारिटी सो आगामी २२ गतेलाई सारिएको निर्माता विक्रम शाहाले जानकारी दिए । (सौस)

प्रतिक्रिया