माओ, चीन र सिपिसी

चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको गत महिना सम्पन्न सम्मेलन र नयाँ नेतृत्वले विश्व साम्राज्यवादलाई चिनियाँ मोडलको मौलिक समाजवादको अवधारणा साथ झापड दिएको छ । यस घटनापछि कम्युनिस्ट आवरणमा सिआइएले संसारभर माओ र देङ फरक हुन् भन्दै दुई भिन्न मोडलबाट चलाएको अभियानमा सिआइए ब्रान्डमा कम्युस्टिलाई बदनाम गर्ने नक्कली नेपाली कम्युनिस्ट एमाले र माओवादी प्रष्ट रूपमा आए । सिपिसीको नेतृत्व सम्हाल्दै भावी राष्ट्रपति सी जिनपिङले माओको राष्ट्रियता, देङको आर्थिक नीति, ज्याङ जेमिनको विकेन्द्रित नीति र हुजिन्ताओको सांस्कृतिक राष्ट्रवाद ख्रिस्टानीकरणविरुद्धको नीतिलाई समानरूपमा लिएको भन्दा अत्युक्ति नहोला । तियानमेन स्याबोटेजमार्फत माओ विचारधाराको रक्षा गर्दै ४० हजार सिआइए एजेन्टलाई सफाया गरेर देङले माओ विचारधाराको रक्षा गरे । यसका विरुद्ध वैचारिक अभियानमा आरसिपीको नेतृत्वमा ‘रिम’ को ब्यानरमा देङलाई संशोधनवादी भन्दै चीनमा समाजवाद नरहेको भन्दै अभियान चलाइयो । यता संसद्वादमा चुर्लुम्म डुबेका र नैतिक रूपमा पुँजीवादी प्रजातन्त्र पक्षधरभन्दा पनि पतित दक्षिणपन्थीहरूले माओलाई कट्टरपन्थी भन्दै देङलाई महान् भन्दै प्रपोगन्डा गरिरहेका छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनमा पूर्व माले उर्फ वर्तमान एमाले र पूर्व चौम मसाल उर्फ वर्तमान माओवादी सिआइए प्रपोगन्डाका दुई भिन्न मोडल हुन् । नेपालमा ठूला र ब्रोडकास्ट दैनिक र संसारभर पश्चिमा नियन्त्रित संचारमाध्यममा वामपन्थी आवरणमा लामा–लामा वैचारिक कलेबरको विचार प्रपोगन्डामार्फत उग्रवामपन्थी ब्यानरमा चीनमा माओ विचार नरहेको घोर दक्षिणपन्थी ब्यानरमार्फत देङ महान् र माओ विचार असफल भन्दै आइरहेका छन् । नेपालमा स्वतन्त्र वामपन्थी भन्नेहरू सिआइएका वैचारिक पन्डा एमाले र माओवादी संगठानिक ब्यानर हुन् । त्यहाँभित्र रहेका सच्चा वामपन्थी, क्रान्तिकारी र राष्ट्रवादीहरू अब वास्तविक रूपमा नयाँ मोडलबाट ध्रुवीकरण हुनु अनिवार्य छ । त्यो इतिहासले हामी नयाँ र पुराना इमानदार वर्गसंघर्ष पक्षधरहरूलाई दिएको ऐतिहासिक जिम्मेवारी पनि हो ।
यतिबेला साम्राज्यवादी पश्चिमाहरूले एकातर्फ संसारभर कम्युनिस्ट नरहेको प्रपोगन्डा गरिरहेका छन् भने अर्कोतर्फ पूर्वसोभियत संघ टुक्रयाउन गेनेडी ऐनाएमभलाई क्रान्तिकारी ब्यानरमा खडा गर्दै गोर्वाचोभमाथि हमला गरेजस्तै माओवादको ब्यानरमा भित्र र बाहिर खेल्ने ग्रान्ड डिजाइन रहेको प्रस्टै छ । सोभियत संघ टुक्रयाउन वरिपरिका छिमेकमा सिआइएले प्रभाव बढाएजस्तै चीन घेर्न अहिले चीन वरिपरि सिआइएका गतिविधि बढ्दै छन् । उसको चासोको प्रमुख केन्द्रमा नेपाल रहेको छ । शीत युद्धकालीन अवस्थामै दरबारभित्रको अति दक्षिणपन्थी बकिङघम प्यालेससँग जोडिएको घेरामार्फत माले, मसाल, मण्डले र पछिल्लो चरणमा माओवादी प्रयोगको केन्द्रमा रहेको छ । स्वतन्त्र तिब्बत गतिविधिलाई केन्द्रमा राख्दै मदन भण्डारीदेखि राजा वीरेन्द्रको हत्यासँगै माओवादको ब्यानरमा उठाइएको जातीय एजेन्डा एउटै उद्देश्यका फरकफरक पाटाहरू हुन् ।
विचारारधात्मक रूपमा चीन एसियामा अग्रपंक्तिमा नै रहँदै आएको छ । सन् १९११ मै डा. सन यात्सेनको नेतृवमा चीनले पुँजीवादी क्रान्ति सम्पन्न गरेको थियो । जब कि भारत सन् १९४७ मा स्वतन्त्र भए पनि अहिलेसम्म पुँजीवादी क्रान्ति सम्पन्न गर्न सकेको छैन । त्यस्तै, नेपालले ००७ सालमा परिवर्तन भएको ठाने पनि पुँजीवादी क्रान्ति नै सम्पन्न गर्न सकेन । यसरी हामीले सन् २०११ लाई हेर्ने हो भने चीनभन्दा राजनीतिक चेतना र संघर्षमा १ सय वर्ष पछाडिरहेका छौँ । त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीभन्दा एक वर्षपछाडि स्थापना भएको भारतीय कम्युनिस्ट आन्दोलनभित्र भाकपा माक्र्सवादीको वैचारिक
धाराबाहेक सम्पूर्ण वामघटकहरू पश्चिमा (सिआइए) रणनीतिको हतियार बनेका छन् । भाकपा (माओवादी) को प्रभाव क्षेत्रमा ख्रिस्टियानी पकड कायम गर्ने उद्देश्य राखिएको छ । यसैगरी प्रगतिशील गठबन्धन पक्षधर शक्तिलाई कमजोर पार्ने र दक्षिणपन्थी भाजपा सत्तालाई सहयोग गर्ने रणनीति प्रस्ट बुझ्न सकिन्छ । भारतीय प्रभाव धाराको नेपाली कम्युनिस्ट आन्दोलन वि.सं. ३० को दशकपछि पहिलो चरणमा पुष्पलालमाथि गद्दारको आरोपसहित हमला गरियो । दोस्रो चरणमा बहुदलीय जनवादमार्फत पुष्पलालको ब्यानर कब्जा गर्दै नेपालको वाम आन्दोलनमाथि हमला गरियो । तेस्रो चरणमा माओवादको ब्यानरमा एक्काइसौँ शताब्दीको जनवाद भन्दै ‘रअ’ को उद्देश्यअनुरूप सिआइएले नेपालको संस्कृतिलाई ध्वंस गरेर पश्चिमा केन्द्र निर्माण गर्ने गुरुयोजना तयार गर्‍यो । पुष्पलालको ब्यानर प्रयोग गर्न सांस्कृतिक राजा भन्ने बाबुरामलाई अगाडि सिआइएले अगाडि सारे । कुनै समय देवेन्द्र राजपाण्डेदेखि पद्मरत्न तुलाधरजस्ता पश्चिमा समर्थकका नोकर बनेकाहरू पुष्पलाल अध्ययन समाजको ब्यानरमार्फत भारतभित्रका सिआइए पण्डा स्वामी अग्निवेशसम्म नेपाललाई असफल पार्न सक्रिय रहे ।
यसरी कम्युनिस्ट आवरणका यी सम्पूर्ण हर्कतहरू नेपाली कम्युनिस्ट धारमाथि कम्बोडियामा फुन्सिन्केकमार्फत सिआइएले हमला गरेजस्तै नेपालमा कम्युनिस्ट ब्यानरमा मण्डलेकरण गरियो । यसैलाई प्रजातान्त्रिक पुँजीवादी समाजवादका वैचारिक नेता बिपी कोइरालाले माले, मसाल (चौम) मण्डले एउटै धार हो भन्नुभयो । यो पछिल्लो चरणमा माओवाद हुँदै सम्पूर्ण रूपमा झाँगिएका अतिवादी धारहरू चीनमा कम्युनिस्ट नरहेको, समाजवाद नरहेको, पुँजीवाद रहेको भन्दै गोयबल्स प्रपोगन्डाका सहायक पात्र बनिरहेका छन् ।
यो अवस्थामा कम्युनिस्ट ब्यानरको उग्रवामपन्थी घोषणा, दक्षिणपन्थी एमाले र एमाओवादी सिआइएका दुई पाटा जो ‘रअ’ को ब्यानरमार्फत नेपाली राजनीतिमा मौलाएका छन् । मदन भण्डारीको हत्यापश्चात् राष्ट्रवादी धारसमेत समाप्त भएको एमाले र मोहन वैद्यको पार्टी पुनर्गठनपश्चात् लुटेरा समूहमा रूपान्तरित भएको छ । गुप्तचरहरूको समूहका रूपमा मात्र रहेको ऐनेकपा (माओवादी) दुवै धारभित्र स्वतन्त्र तिब्बत र चिनियाँ समाजवाद ध्वंस गर्ने उद्देश्य रहेको छ । नेपाललाई केन्द्र बनाउने पश्चिमा गैरसरकारी संस्थाहरू बृहत् ग्राइन्ड डिजाइनअन्तर्गत सञ्चालित छन् । यसलाई जरैबाट निर्मूल गर्नु अब नेपाली कम्युनिस्ट आन्दोलनको रक्षाको प्रश्न मात्र होइन, चिनियाँ समाजवादको रक्षाको प्रश्न पनि जोडिएको छ । नयाँ आधारमा नयाँ कार्ययोजनाभन्दा बाहिरबाट चीनले मण्डलेधारबाट झाँगिएको नेपालको वर्तमान कम्युनिस्ट ट्रेडमार्क दुरुपयोग गरेको नेतृत्वबाट केही पनि पाउन सक्ने छैन । चिनियाँ नाममा रहेका गैरसरकारी संस्थाहरूमा सिआइएको पूर्ण पकड रहेकाले नयाँ संरचना निर्माण उसको अनिवार्य पाटो बनेको छ ।

प्रतिक्रिया