तनाबमा काम गर्ने पुरुष सेक्समा कमजोर

जापानमा गरिएको एक ताजा अध्ययनले कठिन र धेरै काम गर्ने पुरुष सेक्सको मामिलामा कमजोर हुने निष्कर्ष निकालेको छ । धेरै दिमागी दबाबमा काम गर्ने पुरुषमा रातको समयमा इनर्जीको अभाव, डिप्रेसन हुने अध्ययनमा उल्लेख छ ।
युनिभर्सिटी अफ ओसाकाका वैज्ञानिकले ३४ वर्ष उमेर नाघेका एक सय ८३ व्यक्तिमा गरेको अध्ययनका आधारमा यो निष्कर्ष निकालेका हुन् । यस क्रममा उच्च दबाबमा काम गर्ने पुरुषको यौनेच्छामा नै व्यापक गिरावट आएको पाइएको थियो । अनुसन्धानको नतिजा युरोपियन साइन्स जनरलमा पनि प्रकाशित गरिएको छ । विशेषज्ञहरूले पुरुषलाई चर्को दबाबमा काम नगर्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया