महानिरीक्षक राना रोम प्रस्थान

काठमाडौं, १८ कात्तिक । इन्टरपोलको ८१ औं महासभामा सहभागी हुन इन्टरपोल नेपालका प्रमुख प्रहरी महानिरीक्षक कुवेरसिंह राना इटालीको रोम तर्फ प्रस्थान गरेका छन् ।
राना शुक्रबार मध्यरातिको उडानबाट त्यस तर्फ प्रस्थान गरेका हुन् । कात्तिक २० देखि २५ गतेसम्म हुन लागेको महासभामा भाग लिन महानिरीक्षक रानाका साथ प्रहरी उपरीक्षक पुष्कर कार्कीसमेत प्रस्थान गरेका छन् ।
महासभामा बद्लिँदो परिवेशमा विश्वसामु चुनौतीकारुपमा देखापरेका नयाँ प्रकृतिका विविध अपराधहरुको रोकथाम एवम् सफल अनुसन्धान गरी विश्व जगतलाई भयमुक्त तथा अपराधमुक्त बनाई शान्तिको आभाष गराउनुरहेको छ ।

प्रतिक्रिया