अखिल कप बास्केटबल

काठमाडौं : हिमालय इन्जिनियरिङ कलेज र एसले अखिलकप पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगितामा आइतबार सफलता हात पारेका छन् । ब्रिजवाटरले पनि विजेताको सूचीमा नाम दर्ज गर्‍यो ।
हिमालयले नेपाल इन्जिनियरिङ कलेजलाई ४०–२२ ले पराजित गर्‍यो । पहिलो क्वार्टरमा ९–६ को अग्रता लिएको हिमालयले अन्तिमसम्म अग्रतालाई कायम राख्दै क्रमश: १२–४, १०–६ र ९–६ स्कोर गर्‍यो । विजेताका सुमित महर्जनले १७ अंक जोडे । आदित्य अधिकारीको १७ अंक सहयोगमा एसले कान्तिपुर इन्जिनियरिङ कलेजमाथि ३३–२० को जित निकाल्यो । ब्रिजवाटरले ग्यालेक्सीलाई ३८–२४ ले निराश पार्‍यो । विजेताका सुमन बस्नेतले १२ स्कोर गरे । पुल्चोक इन्जिनियरिङ कलेजको ‘ए’ टिमले जनकपुर इन्जिनियरिङ कलेजबाट वाकओभर पायो । अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय केन्द्रीय कमिटी र अखिल फोर्स केन्द्रीय विभागद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगितामा ८३ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । (सौस)

प्रतिक्रिया