विमान दुर्घटनाका डरलाग्दा तस्बिर

शनिवार बिहानै भएको विमान दुर्घटनाको खबरले हामी सबैलाई मर्माहत तुल्याएको छ । पाठक तथा दर्शकका लागि तपाईहरूले बडो मिहेनतपूर्वक तस्विर खिच्नु भएको छ । त्यो हाम्रै लागि हो । तर, अनलाईनमा राखिएका कतिपय तस्विरहरू हेर्नलायक छैनन् । कृपया, त्यसमा राखिएका डढेका लासका तस्विरहरू हटाइदिनुहोला । ती तस्विर दिक्कलाग्दा छन् ।
विमान दुर्घटनासम्बन्धी तस्विर प्रकाशन/प्रशारण गर्दा मानवीय समवेदनालाई ध्यान दिएको भए हुन्थ्यो । सबैजसो तस्विर प्रकाशन/प्रशारण गर्ने किसिमका हँुदैनन् । यसो गर्नु पत्रकारिताभित्र पर्दैन । प्रतिस्पर्धाको नाममा पत्रकारिताको आदर्श, मूल्य र मान्यतालाई ख्याल नगरी जस्तोसुकै तस्विर पनि प्रकाशन/प्रशारण गर्न सुहाउँदैन । तसर्थ, आगामी दिनमा सौर्यले यस्ता विषयमा विचार पुर्‍याउनेतर्फ ध्यान दिनेछ ।

प्रतिक्रिया