सरकार ढाले प्रतिकार गछौः मन्त्री यादव

काठमाडौं, ३० भदौ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले राष्ट्रपति डा.रामवरण यादवले निर्वाचित वर्तमान सरकार नढाल्ने दाबी गरेका छन् ।
काठमाडौंमा आज आयोजित साक्षत्कारमा उनले भने, ‘राष्ट्रपतिले निर्वाचित सरकार ढाल्ने प्रयास गर्लान जस्तो मलाई लाग्दैन ।’ राष्ट्रपतिले सरकार विघटन गरेमा प्रतिकारमा जान एमाओवादी र मधेसी मोर्चाको तयार भईरहेको उनले बताए ।
अन्तरिम संविधान बमोजिम राष्ट्रपतिलाई सरकार गठन र बिघटनको अधिकार नभएको मन्त्री यादवको भनाई थियो । उनले भने, ‘राष्ट्रपतिले आफूसंग नभएको अधिकार प्रयोग गर्न खोजे उनलाई नै क्षति हुन्छ ।’
उनले सरकारले पठाएका अध्यादेश नरोक्न राष्ट्रपति डा.यादवलाई चेतावनी दिए । उनले भने, ‘राष्ट्रपति अध्यादेश अध्यनमा रहेकाले ढिला भएको हो, छिटै स्वीकृत भएर आउँछ ।’
मन्त्री यादवले वर्तमान सरकारलाई अर्को बैशाख सम्म लैजाने बताए । उनले कांग्रेस र एमाले सहमतिमा नआए नयाँ निर्वाचन सम्म आफूहरुनै सरकारमा रहने बताए ।

प्रतिक्रिया