महानिरीक्षक रानाले जिम्मेवारी सम्हाले

काठमाडौं, २९ भदौ । नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक कुवेरसिंह रानाले आज आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृह सचिव नवीनकुमार घिमिरेले महानिरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गरे लगत्तै रानाले आफ्नो कार्यभार सम्हालेका हुन् ।
रानाले प्रहरी मुख्यालय नक्साल पुगेर पदभार ग्रहण गरेको प्रहरीले जनाएको छ । रानालाई सरकारले बिहीबार महानिरीक्षकमा नियुक्त गरेको थियो ।
विक्रम संवत २०४० साल कार्तिक–३० गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका २०६८ असार–९ गते अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए ।
पाल्पा जिल्लाको बौघा–५ मा २०१७ साउन–६ गते जन्मीएका राना सामाजिकशास्त्रमा स्नातक छन् ।

प्रतिक्रिया